युवकको हत्या अभियोगमा पाँच जना पक्राउ

रुपन्देही । लुम्बिनी सांस्कृतिक नगरपालिकामा गत आइतबार भएको युवक हत्याको अभियोगमा जिल्ला प्रहरी कार्यालयले पाँच जनालाई पक्राउ गरेको छ ।
वडा नं ४ मा चोटपटक लागेको अवस्थामा मृत फेला परेका ३५ वर्षीय महेन्द्र यादवको हत्यामा संलग्न रहेको अभियोगमा सोही ठाउँकै २२ वर्षीय बलजीत पासी, ३० वर्षीय दुर्गेश पासवान, २४ वर्षीय राकेश यादव, २० वर्षीय सञ्जय पासी र २३ वर्षीय सर्वजीत विश्वकर्मालाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको हो ।
गत आइतबार बिहान साढे ६ः०० बजे इलाका प्रहरी कार्यालय लुम्बिनीबाट प्रहरी निरीक्षक रवीन्द्र महतको कमाण्डमा गएको टोलीले यादवको शव फेला पारेको थियो । टाउको, छाती, घाटी र गुप्ताङ्गमा धारिलो हतियार प्रहार गरी शरीरका विभिन्न भागमा रगतले लतपतिएको अवस्थामा प्रहरीले शव फेला पारेको थियो ।
उनीहरुबाट हत्यामा प्रयोग भएको धारिलो हतियार (फलामको दाउ ) एक थान, पानी तान्ने नलको ह्याण्डर एक थान, हत्यामा प्रयोग भएको हरियो बाँसको घारा एक थानसहित अन्य प्रमाण बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रवक्ता भाष्कर चन्दले जानकारी दिए ।
पुरानो रिसिइबीका कारण बदला लिने सोचले योजनाबद्धरूपमा यादवको हत्या गरिएको प्रहरीको भनाइ छ । मङ्गलबार पक्राउ गरिएका अभियुक्तलाई जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । रासस








सुनको मूल्य हालसम्मकै उच्च, आज कतिमा हुँदैछ कारोबार ?
कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती
तोकिएकै मितिमा निर्वाचन गर्न सरकार दृढ : गृहमन्त्री
UML 11th National Congress: Candidacy filing taking place today
युवाको माग सम्बोधन गर्न केन्द्रीय सदस्यमा मेरो निरन्तरता आवश्यक : कमला वोहरा (अन्तर्वार्ता)
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
प्रतिक्रिया