दाङमा गोली चल्यो, एक जना पक्राउ
मेरोन्यूज
२०७८ जेठ २८ गते १३:४१
काठमाडौँ । दाङको तुल्सीपुरमा दुई पक्षबीच गोली चलेको छ । कुलोको विषयमा भएको विवादका कारण एक युवकले गोली चलाएका हुन् ।
गोली चलाएको आरोपमा तुल्सीपुर उपमहानगरपालिका ८ का पूर्णबहादुर ओली पक्राउ परेको प्रहरी जनाएको छ ।
प्रहरीले उनीसँग पेस्तोल र ६ राउन्ड गोलीसमेत बरामद गरेको छ । उनले चलाएको गोली कसैलाई लागेको छैन ।
सम्बन्धित
प्रतिक्रिया