बूढानीलकण्ठमा एमालेका मेयरले ज्येष्ठ नागरिककाे सट्टा आफ्ना कार्यकर्तालाई खाेप लगाए

काठमाडाैं । बूढानीलकण्ठ नगरपालिकमा नेकपा (एमाले) काे ओली पक्षीय मेयरले ज्येष्ठ नागरिककाे सट्टा आफ्ना कार्यकर्तालाई खाेप लगाएकाे माओवादीले आराेप लगाएकाे छ ।
मेयर उद्धव खरेलले तोकिएको मापदण्डको खिल्ली उडाउँदै तोकिएका खोप केन्द्रमा घण्टौं घाममा बुढाबुढीलाई उभ्याएर खोपै नलगाई घर फर्काउने र त्यही समयमा नगरपालिका कार्यलयमा आफ्ना कार्यकर्ता र तिनका आफन्तलाई बोलाएर कम उमेर समूहका मानिसलाई समेत खोप लगाउने कार्य गरेको सप्रमाण फेला पारेकाे माओवादीले जनाएकाे छ ।
बूढानीलकण्ठमा तोकिएका तीनवटा खोप केन्द्र बालउद्धार मावि, कपन, नेशनल आइडियल मावि, मण्डीखटार र गणेश मावि बूढानीलकण्ठमा खोप लगाउनुपर्नेमा ती केन्द्रहरुमा पठाइएका खोपहरु फिर्ता लगेर कार्यालयमा कार्यकर्तालाई लगाइएको पाइएको माओवादीकाे भनाइ छ ।
त्यसैगरी २८ गते शुक्रबार बालउद्धार माविमा पठाइएको ५ सयवटा खोपमध्य ३ बजेसम्म केन्द्रमा १३४ वटा मात्रै खोप लगाइएको र बाँकी नगरपालिकामा फिर्ता लगिएको छ ।
बचत रहेको खोप मेयर स्वयम् बसेर आफ्ना कार्यकर्ता र आफन्तलाई लुकाइछिपाई लगाएको जानकारी बाहिरिएपछि नगरपालिका कार्यालय पुगेका जनताले एमालेका २५ देखि ४४ वर्ष उमेरका मानिसहरुले लाइन लागेर धमाधम खोप लगाइरहेको, नाम र उमेर लेखिएका खोप कार्ड, प्रयोग गरिएका भ्याक्सीनका हज्जारौं खालि बट्टालगायत भेटिएकाे थियाे ।
खाेपका विषयमा मेयर र स्वास्थ्य प्रमुखसँग सोधपुछ गर्दा जवाफ दिनुको सट्टा सशस्त्र प्रहरी बल बोलाएर प्रश्नकर्तामाथि दमन गरिएको माओवादीले जनाएकाे छ । उक्त घटना निन्दीय, पासविक, मानवताविरोधी, समाजविरोधी र भत्सर्नायाेग्य रहेकाे माओवालीकाे निष्कर्ष छ ।
माओवादीले जनताको अमूल्य मतबाट प्राप्त अधिकार दुरुपयोग गरी जनताको जीवनसँग खेलवाड गर्ने मेयर, वडाध्यक्षहरु र स्वास्थ्य प्रमुखलाई कानुनी कारबाहीको दायरामा ल्याई सशक्त कारबाही गर्न मागसमेत गरेकाे छ । खाेपकाे कार्यक्रममा अधिकारप्राप्त जनप्रतिनिधिबाटै भएको व्यापक अनियमितता र बदमासीप्रति माओवादीले गम्भीर ध्यानाकृष्ट भएकाे जनाएकाे छ ।
















ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
अग्रिम भर्ना र शुल्क असुल्ने विद्यालयलाई कारबाही गर्ने शिक्षा मन्त्रालयको चेतावनी
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
प्रतिक्रिया