प्रदेश २ सरकारलाई ६० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग
मेरोन्यूज
२०७८ जेठ ३० गते ७:२४

धनुषा । कोभिड–१९ सँग लड्न प्रदेश २ सरकारलाई दातृ निकाय युएनडिपीले अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ ।
केही दिनअघि मात्रै मुख्यमन्त्री लालबाबु राउतले युएनडिपीसहित दातृ निकायलाई कोरोना महामारी नियन्त्रणका लागि सहयोग गर्न आग्रह गरेका थिए ।
सोही आग्रहअनुसार शनिबार युएनडिपीका प्रतिनिधि धनबहादुर चन्द नेतृत्वको टोलीले प्रदेश सरकारलाई ६० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको हो ।
चन्दले शनिबार मुख्यमन्त्री राउतको उपस्थितिमा सामाजिक विकासमन्त्री नवलकिशोर साहलाई उक्त सामग्री हस्तान्तरण गरे । सहयोगवापत आएको अक्सिजन कन्सन्ट्रेटर प्रदेशका विभिन्न अस्पताललाई प्रदान गरिने मुख्यमन्त्री राउतले बताए ।
सम्बन्धित














दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई पाँच वर्ष कैद
कांग्रेसको आधिकारिकताबारे आयोगले भन्यो– विधि र पद्धतिमा रहेर निर्णय गर्छौं
48 days to go for elections: Functions of returning officer
एमाले केन्द्रीय कार्यालयमा उम्मेदवारको नाम प्राप्त
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
प्रतिक्रिया