प्रदेश २ सरकारलाई ६० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग
मेरोन्यूज
२०७८ जेठ ३० गते ७:२४

धनुषा । कोभिड–१९ सँग लड्न प्रदेश २ सरकारलाई दातृ निकाय युएनडिपीले अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ ।
केही दिनअघि मात्रै मुख्यमन्त्री लालबाबु राउतले युएनडिपीसहित दातृ निकायलाई कोरोना महामारी नियन्त्रणका लागि सहयोग गर्न आग्रह गरेका थिए ।
सोही आग्रहअनुसार शनिबार युएनडिपीका प्रतिनिधि धनबहादुर चन्द नेतृत्वको टोलीले प्रदेश सरकारलाई ६० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको हो ।
चन्दले शनिबार मुख्यमन्त्री राउतको उपस्थितिमा सामाजिक विकासमन्त्री नवलकिशोर साहलाई उक्त सामग्री हस्तान्तरण गरे । सहयोगवापत आएको अक्सिजन कन्सन्ट्रेटर प्रदेशका विभिन्न अस्पताललाई प्रदान गरिने मुख्यमन्त्री राउतले बताए ।
सम्बन्धित
















फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
प्रतिक्रिया