चुपचाप छु !

चुपचाप छु धेरै दिनदेखि
किनकी बाहिर
निस्पट्ट अन्धकार छ ।
बादल मडारिरहेको छ
आकाश झन झन
बेतोडले गर्जिरहेछ
र, चौपायाहरू तल फाँटमा
बेसुरले भागिरहेछन् ।
उता गइरहेछन्
यता फर्किइरहेछन्
पुच्छर उचालेर डुक्रिदै कुदिरहेछन्
उताबाट यता र यताबाट उता
कति घाइते छन्, भागदौडमा
रमिता छ अजीवको, तमासा छ !
तर, म चुपचाप छु धेरै दिनदेखि
किनकी बाहिर निस्पट्ट अन्धकार छ ।
सायद आकाश खुल्ने छैन अब
र, सूर्य जन्मने छैन फेरि
र, चर्को घामको कुरा हुने छैन यहाँ
सन्नाटा अझै बढ्ने छ
र, आवाजहरू अझै क्षीण हुनेछन् ।
र, झोसिने छन् चिसो ओसमा
चेतनाका अणुहरूलाई
मानिसहरू निशब्द हुँदै जाने छन्
शब्द, भाव, विवेक र चिन्तनको
निशस्त्रिकरण अथवा नि:शब्दीकरण
तर पनि म चुपचाप छु धेरे दिनदेखि
किनकी बाहिर निस्पट्ट अन्धकार छ ।
चौपायाहरूको भाग दौडको परिणत
बलिदानीको प्रतिमूर्ति
लोकतन्त्रको चौतारी
तल फाँटमा छिन्नभिन्न
भएको छ रे
कुल्चिएर, ठोकिएर
धुजाधुजा गरिएको छ रे
त्यो छहारी
विदीर्ण र कामै नलाग्ने भएपछि
सोचिरहेछु ! देखिरहेछु ! र सम्झिरहेछु !
मेरा मूल्यहीन रगत र पसिनाका
थोपाहरू
किंकर्त व्यविमुढ भएको छु
र, केही अनुमान गर्न सकिरहेको छैन म
किनकी बाहिर निस्पट्ट अन्धकार छ ।
बाहिर निस्पट्ट अन्धकार छ ।
सूर्य विनायक, भक्तपुर
















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटुमा शक्तिशाली भूकम्प
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
प्रतिक्रिया