‘श्रम रोजगार पत्रकारिता पुरस्कार’ स्थापना

काठमाडौँ । श्रम आप्रवासनका क्षेत्रमा क्रियाशील सञ्चारकर्मीलाई प्रोत्साहन गर्ने उद्देश्यले श्रम रोजगार पत्रकार समूहले ‘श्रम रोजगार पत्रकारिता पुरस्कार’को स्थापना गरेको छ । अन्तरराष्ट्रिय श्रम संगठन ९आइएलओ०को साझेदारीमा पुरस्कारको स्थापना गरिएको समूहका अध्यक्ष सुनिल न्यौपानेले जानकारी दिए ।
२०७७ पुस १७ देखि यही असार ३० गतेसम्म प्रकाशित, प्रशारित समाचार सामग्रीमध्येबाट उत्कृष्ट तीनवटा सामग्रीलाई पुस्कृत गरिने उनले बताए । प्रथम पुरस्कार स्वरूप नगद ३० हजार तथा प्रमाणपत्र, दोश्रो हुनेलाई नगद २० हजारसहित प्रमाणपत्र तथा तेश्रो हुनेलाई नगद १० हजारसहित प्रमाणपत्र प्रदान गरिने समुहले जनाएको छ ।
सो प्रतिस्पर्धामा सहभागी हुन ईच्छुक श्रम रोजगार विधामा क्रियाशील सञ्चारकर्मीले तोकिएको समयभित्र कुनैपनि सार्वजनिक सञ्चारमाध्यम (पत्रिपत्रिका/अनलाइन/रेडियो/टिभी)मा नेपाली वा अङ्ग्रेजी भाषामा प्रकाशित वा प्रशारित सामग्री समूहको ललितपुर महानगरपालिका–१० स्थित कार्यालय र समूहको इमेल lejog2076@gmail.com मा पठाउनु पर्नेछ । उक्त सामग्री यही असार ३१ गते अपराह्न ५ बजेभित्र पठाइसक्नुपर्ने समूहले जनाएको छ ।
तोकिएको समयावधिपश्चात प्राप्त हुने आवेदनलाई मान्यता नदिइने जनाइएको छ । पुरस्कारका लागि प्राप्त सामग्रीको मूल्याङ्कनका लागि तीन सदस्यीय एक छुट्टै स्वतन्त्र निर्णयक समिति गठन गरिने र सो समितिमा श्रम आप्रवासनसम्बन्धी विज्ञ, वरिष्ठ सञ्चारकर्मीलगायत संलग्न रहने अध्यक्ष न्यौपानेले जानकारी दिए । नेपाल वा विश्वको जुनसुकै मुलुकमा कार्यरत नेपाली सञ्चारकर्मी यस प्रतिस्पर्धामा सहभागी हुन सक्नेछन् । पुरस्कारका लागि प्रतिस्पर्धामा संलग्न गरिएको सामग्री मौलिक, खोज तथा अनुसन्धानमूलक, विश्लेषणात्मक र सिर्जनशील ढंगबाट प्रस्तुत गरिएको हुनुपर्ने समूहले जनाएको छ ।
वैदेशिक रोजगारको क्षेत्रमा विद्यमान समस्याको गहन विश्लेषण तथा समस्या समाधानको उपायसमेत समेटिएको सामग्रीलाई प्राथमिकता दिइने, यस्ता सामग्री प्राथमिक श्रोतमार्फत संकलन गरिएका सूचना, जानकारीमा आधारित हुनुपर्ने, कुनै प्रकाशित, प्रशारित सामग्रीलाई द्वितीय श्रोतको रूपमा सामग्रीमा प्रयोग गरिएको खण्डमा सोको बारेमा सम्बन्धित सामग्रीमा स्पष्टसँग खुलाइएको हुनुपर्ने मापदण्ड तोकिएको छ ।
उक्त सामग्री नेपालबाट हुने वैदेशिक रोजगारीको विषयमा केन्द्रित हुनुपर्नेछ । सो सामग्रीमा श्रम आप्रवासनको प्रक्रियामा हुने जोखिम र खतरालाई निरुत्साहित गर्ने, न्यायोचित भर्ना प्रक्रिया प्रक्रियाप्रति जागरूकता बढाउने र सुरक्षित श्रम आप्रवासनबाट हुने लाभका विषयवस्तु समेटिएको हुनुपर्ने समूहले जनाएको छ । रासस
















Israel’s Foreign Minister congratulates Nepali counterpart
गैँडाकोटको हनुमान् मन्दिरलाई धार्मिक पर्यटन प्रवद्र्धन गरिँदै
सुनको मूल्य तोलामा ५ हजारले बढ्यो
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया