बिहीबार, मंसिर ४, २०८२

एमाले कर्णालीले नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने

मेरोन्यूज २०७८ असार १ गते १४:१०

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशले कर्णाली प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने भएको छ । एमाले कर्णाली प्रदेश संसदीय दलको आज बसेको बैठकले संसदमा आज पास गर्न लागिएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

सर्वोच्च अदालतले एमाले कर्णालीका चार सांसदको पुनर्बहाली गरेपछि बसेको पहिलो बैठकमा सांसद प्रकाश ज्वाला सहभागी भएका थिए । संसद बैठकमा ज्वाला पनि उपस्थिति हुने जनाइएको छ ।

प्रतिक्रिया