अस्पतालबाट झलनाथ खनालको सन्देश : पार्टी मिलाउनुस् कमरेड

काठमाडौँ । थप उपचार गर्न भारतको नयाँ दिल्ली जानुअघि पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई एकताबद्ध बनाउन महासचिव ईश्वर पोखरेललाई आग्रह गरेका छन् ।
थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचाररत खनाललाई आज बुधबार महासचिव पोखरेलले भेट गरेका थिए । ‘‘पार्टी मिलाउनुस् कमरेड’’ भनी नेता खनालले महासचिव पोखरेललाई आग्रह गरेको महासचिवका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए ।
एमालेभित्रको विवाद मिलाउन दोस्रो तहका नेताहरू सक्रिय रहेका बेला उच्च नेताबीचमा अनौपचारिक संवाद भइरहेको छ । तर, निकास निस्किसकेको छैन ।
नेता खनालको रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको तथा ज्वरोसँगै स्वास्थ्यमा थकान महसुस हुने, श्वास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिएको छ । उनलाई गत जेठ ३१ गते अस्पताल भर्ना गरिएको थियो ।
केही महिनाअघि नेता खनाल कोरोना भाइरस (कोभिड–१९) संक्रमण मुक्त भई घर फर्किएका थिए ।














२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
नेपाल एसबीआई बैंक लुटपाट आरोपमा सात जना पक्राउ, घरधनीनै मुख्य योजनाकार
अस्ट्रेलियामा बालबालिका खातामा कडाइ
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
हाफ म्याराथनको उपाधि गुरुङलाई
सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज ताेलाकाे कति ?
प्रतिक्रिया