बाढीसँगै देशभर तहसनहस (तस्वीरहरू)

काठमाडौँ । केही दिनदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न जिल्लामा ठूलो धनजनको क्षति भएको छ । जसमा सिन्धुपाञ्चोक, मनाङलगायत जिल्लामा मानिसहरू बेपत्ता भएका छन् । उनीहरूको खोजी कार्य भइरहेको छ ।
सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीमा बेपत्ता भएका ८ जनामध्ये एक जनाको शव भेटिएको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले हराएकामध्ये एक जनाको शव भेटिएको जानकारी दिएका हुन् । उनका अनुसार ७ जनाको अवस्था पत्ता लगाउन सकिएको छैन ।

घटनास्थलमा अहिले सभामुख अग्निप्रसाद सापकोटा पुगेका छन् । उनले बाढी पहिरोबाट भएको क्षति अवलोकन र राहत तथा उद्धारका लागि पहल गरिरहेका छन् ।
यस्तै, बाढी पहिरोले मनाङका सयौँ घर डुबानमा परेका छन् । मनाङ सहायक प्रमुख जिल्ला अधिकारी शारदा चालिसेले मनाङ चामेबजारका बाढी पस्दा करिब ३ सय जनाभन्दा बढी सम्पर्कविहीन भएका छन् ।

कालीगण्डकी नदीमा आएको बाढीले म्याग्दीको सदरमुकाम बेनीमा कटान गरेको छ । यसैगरी, राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङ खण्डअन्तर्गत गलुवामा ठूलो पहिरो खसेको छ ।
वर्षासँगै आएको बाढीले देशका विभिन्न राजमार्गहरू अवरुद्ध भएका छन् ।

















यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’
यस्तो छ आजको मौसम पूर्वानुमान
उच्छृङ्खल गतिविधि गर्नेलाई कारबाही हुन्छ : राष्ट्र बैंक
पोखरा महानगरले ६७औँ स्थापना दिवस मनाउँदै
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
प्रतिक्रिया