पहिरो खसेर नदी थुनिएपछि चामे बजार जोखिममा

काठमाडौँ । लगातार भएको वर्षासँगै पहिरोले मनाङमा मर्स्याङ्दी नदी थुनिँदा चामे बाजार उच्च जोखिममा परेको छ । गाउँपालिकाको वडा नम्बर ४ र ५ जोड्ने स्थानमा मर्स्याङ्दी नदीमा पहिरो खसेको जिल्ला प्रसाशन कार्यालय मनाङले जनाएको छ ।
निरन्तर वर्षा भइरहेकाले नदीमा पानीको बहाव बढ्न सक्ने भएकाले चामे बजार उच्च जोखिममा रहेको जिल्ला प्रशासन कार्यालय मनाङले जानकारी दिएको हो ।
चामेको बजार क्षेत्र हुँदै झरेको घट्टेखोलाले ढुंगा माटो र काठदाउरा बगाएर ल्याएपछि मर्स्याङ्दी नदी थुनिएको हो । माथिबाट झरेको पहिरो, ढुङ्गा माटो र काठ दाउराले मर्स्याङ्दी नदी थुनिँदा पानी जमेर ड्याम बनेको छ ।
चामेको पारिपट्टिको भाग डुबानमा परेको छ । सिंगो चामे बजार जोखिममा परेको प्रशासनले जनाएको छ । बाढीले चामेबाट माथिल्लो मनाङतर्फ जाने एकमात्र बेलीब्रिज समेत कटान गरी लगेको छ ।
थुनिएको नदी नेपाली सेनाले बम विस्फोट गराएर खुलाउने तयारी गरिए पनि सकेको छैन । प्रशासनले चामे क्षेत्रका स्थानीयवासीलाई सतर्क रहन आग्रह गरेको छ ।
सुरक्षाका सबै निकायसँग समन्वय गरी खुलाउने प्रयास भइरहेको छ ।














पाकिस्तानको पञ्जाबमा ट्रक अनियन्त्रित भइ दुर्घटना हुँदा १४ जनाको मृत्यु
भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री
बर्जु दुर्घटना पीडित परिवारलाई १२ लाख क्षतिपूर्ति
हाफ म्याराथनको उपाधि गुरुङलाई
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
महामन्त्रीद्वयलाई निष्कासन गरिएको पत्र निर्वाचन आयोगमा
रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय
प्रतिक्रिया