सप्तरीमा बालिकाको विभत्स हत्या

सप्तरी । सप्तरीमा नौ वर्षीया बालिकाको आज विभत्स हत्या भएको छ । डाक्नेश्वरी नगरपालिका–३ तरही बस्ने रामउदगार यादवकी छोरी शिवानीकुमारी हत्या गरिएको अवस्थामा फेला परेको तरही गाविसका पूर्व अध्यक्ष शोभानन्द रायले जानकारी दिए ।
परिवारका सदस्यका अनुसार शिवानी पाँच वर्षीया बहिनीसँग बाख्रा चराउन घरबाट निक्लेकी थिइन् । सामान्य पानी पर्न थालेपछि बहिनीलाई घर पठाएर हटेल पूर्वी टोलस्थित फूलबारीमा हावाले झारेको आँप टिप्न थालेकी शिवानीको हत्या भएको स्थानीयवासीले बताएका छन् । प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले घटनास्थल पुगेर अनुसन्धान गरेका छन् ।
अनुसन्धानलाई सघाउन तालिम प्राप्त कुकुर मगाइएको प्रहरी उपरीक्षक धमलाले बताए । आसपासका खेतमा धान रोप्ने, हलो जोत्नेहरू रहे पनि कसैले केही थाहा नपाएको बताएका छन् । शव पोष्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । रासस










एमाले उपाध्यक्ष: विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण
एमाले महाधिवेशन : महासचिवमा शंकरको प्रारम्भिक अग्रता
एमाले महाधिवेशन : अध्यक्षमा केपी ओलीको शुरुआती अग्रता
मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कप : बंगलादेशसँग पनि हार्याे नेपाल
ओलीसँग भिड्न ईश्वर पोखरेलले गराए उम्मेदवारी दर्ता
प्रतिक्रिया