ग्राउण्ड जिरो रिपोर्ट
घर कहिले फर्किने हो ? (तस्वीरहरू)

सिन्धुपाल्चोक । गत मंगलबार बाढीले सुन्दर बजार मेलम्ची क्षणभरमै तहसनहस बन्न पुग्यो । बाढीका कारण सयौँ परिवार घरबारविहीन बने । करोडौँ सम्पत्तिका मालिक सुकुम्बासी भए ।
बाढीका कारण दुई–तीन तले घर पूरै पुरिए । पहेलपुर धान फल्ने खेत बगरमा परिणत भए । घरमा भएका केही सामान निकाल्न पाएनन्, मेलम्चीबासीले ।

निरन्तर पानीका कारण उनीहरू अहिलेसम्म त्रासमा छन् । परिवारका सदस्य गुमाए । सयौँलाई खाना खुवाउने होटल, लाखौँको व्यापार हुने पसल, परिवारका सदस्यजस्ता पशु चौपाय, जीवनभर कमाएका सम्पत्ति गुमाए, उनीहरूले ।
बाढीका कारण सर्वस्व गुमाएका उनीहरूसँग गुमाउनु बाँकी केही रहेन । आफू बस्दै आएको घरभित्र पस्न डराउनु परेको छ ।

मेलम्चीको आकाशमा अहिले पनि डर लाग्दो बादल मडारिएको छ । तलतिर बासिन्दाहरू त्रासमा छन् । पानी रोकिन्छ । केही छिनमा पर्छ । यसैबीच बाढी पीडितहरू घरभित्रबाट बचेका केही सामान निकाल्दै छन् । गाडीमा लोड गर्दै छन् ।
बाढीले बगाउन बाँकी भएका सामान कहाँ लैजाने हो थाहा छैन, उनीहरूलाई । तर, निकाल्दै छन् । आफू बस्दै आएको थातथालो छाडेर उकालो लाग्दै छन् ।
थाहा छैन, उनीहरूको पाइला कहाँ पुगरे रोकिने हो ? आफ्नो घर कहिले फर्किने हो ?








जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
















फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
नेपाली क्लाइम्बिङ टोली चीन जाने
प्रतिक्रिया