उपत्यकामा एक साता निषेधाज्ञा थपियो, जोर-बिजोरअनुसार सवारी चल्ने
मेरोन्यूज
२०७८ असार ६ गते १७:३१

काठमाडौँ । काठमाडौँ उपत्यकामा थप एक साता निषेधाज्ञा थपिएको छ। उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको आइतबार साँझ बसेको बैठकले असार ८ गतेदेखि एक साताका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले मेरोन्युजलाई जानकारी गराए ।
भट्टराईका अनुसार निजी सवारीलाई जोर-बिजोरअनुसार चल्न दिइने छ । त्यस्तै, पसल बार अनुसार खाेल्न दिने उनले बताए । अब खुकुलो बनाएर काठमाडौँ उपत्यकामा असार १४ गतेसम्म निषेधाज्ञा हुने भएको छ ।
कोरोनो भाइरस (कोभिड–१९)को दोस्रो लहर फैलिन थालेपछि उपत्यका प्रशासनले १६ वैशाखदेखि निषेधाज्ञा लागु गरेको थियो । डेढ महीनासम्म क्रमशः निषेधाज्ञा थपिँदै आएको प्रशासनले पछिल्लो समय केही खुकुलो गर्र्दै आएको छ ।
सम्बन्धित














निर्वाचनको तयारीबारे गृहमन्त्री र आयोग पदाधिकारीबीच छलफल
आन्तरिक सुरक्षा : स्थिरता, विश्वास र राष्ट्र सन्तुलनको आधार
पाकिस्तानको पञ्जाबमा ट्रक अनियन्त्रित भइ दुर्घटना हुँदा १४ जनाको मृत्यु
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय
नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित
आज २०८२ साल माघ १ गते बिहीवारको राशिफल
प्रतिक्रिया