बाढी प्रभावित क्षेत्र मेलम्चीमा पानीजन्य रोगको संक्रमण, एकै परिवारका पाँच जनामा झाडापखाला

काठमाडौं । बाढी पहिरो प्रभावित क्षेत्र सिन्धुपाल्चोकको मेलम्चीमा पानीजन्य रोगको संक्रमण देखिन थालेको छ। बाढी पहिरोबाट विस्थापित भएका मेलम्चीमा एकै परिवारका पाँच जनामा झाडापखालाको समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । प्रमुख दुर्गादत्त चापागाईंले उपचारपछि हाल उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए ।
उनीहरु मेलम्चीको इन्द्रेश्वरी माध्यमिक विद्यालयमा स्थापना गरिएको शिविरमा बसेका थिए। झाडापखाला बाहेक अहिलेसम्म अन्य स्वास्थ्य समस्या नदेखिएको उनले बताए।
उनले भने, ‘एकै परिवारका पाँच जनामा झाडापखाला देखिएको थियो। तर औषधिपछि उहाँहरुको अवस्था अहिले ठिक छ। यो बाहेक सिन्धुपाल्चोकमा अहिलेसम्म अन्य स्वास्थ्य समस्या देखिएको छैन।’
बाढीपछि मेलम्चीमा करिब ६ सय र हेलम्बुमा करिब ५ सय जना विस्थापित भएको कार्यालयले जनाएको छ।















पाल्पामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
‘Bandit’ attack in central Nigeria kills 20
रास्वपा सचिवालय बैठक सुरु, सभापति लामिछाने भर्चुअल रूपमा उपस्थित
एनआईसी एशिया बैंकद्वारा शान्ति सेवा गृहका १५० भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
प्रतिक्रिया