राहत लिएर गएको हेलिकप्टर रोकियो
मेरोन्यूज
२०७८ असार ६ गते १९:४७

काठमाडौँ । मनाङको बाढीपहिरो पीडितका लागि राहत लिएर गएको नेपाली सेनाको हेलिकप्टर मौसम खराबका कारण सदरमुकाम चामेमा रोकिएको छ । विघटित प्रतिनिधिसभा सदस्य पोल्देन छोपाङ गुरुङसहित स्थानीय तहका पदाधिकारी सवार हेलिकप्टर राहत लिएर मनाङको बाढी प्रभावित क्षेत्रमा पुगेको हो ।
मनाङको विभिन्न स्थानका बाढी पीडितका लागि राहत लिएर आएको हेलिकप्टरमा इन्धन राख्न पोखरा लागि उडेको थियो । तर मौसम खराब भएकाले पुनः सदरमुकाम चामे नै फर्किएको हो ।
बाढी पीडितलाई दैनिक उपभोग्य सामग्रीसहित तत्कालका लागि आवश्यक पर्ने त्रिपाल, टेन्ट, म्याटलगायतका राहत सामग्री ल्याइएको जनाएको छ ।
गएको मंगलबार मनाङको विभिन्न स्थानमा भीषण वर्षापछि यहाँका बाटो क्षतविक्षत भएर गाडीसमेत आवागमन हुन सकेका छैनन् ।
सम्बन्धित
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
प्रतिक्रिया