दुई महिनादेखि स्थगन जिप्रकाका सेवा सञ्चालनमा

कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका दुई महिनादेखि स्थगन गरिएका कार्यालयका कामकाज आजदेखि सञ्चालन भएका छन् । गत वैशाख १६ गतेदेखि जारी निषेधाज्ञापछि कार्यालयबाट प्रवाह हुने सेवाहरु स्थगन भएका थिए ।
बारअनुसार स्थानीय तहका सेवाग्राहीलाई कार्यालयबाट सेवा प्रवाह गर्ने व्यवस्था गरिएको छ । स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्ने गरी मङ्गलबारदेखि सेवा सञ्चालन गर्ने व्यवस्था मिलाइएको कार्यालयका प्रशासकीय अधिकृत पदमराज भट्टले बताए ।
उनका अनुसार नागरिकतासम्बन्धी सेवाका लागि आइतबार र सोमबार भीमदत्त, वेदकोट र पुनर्वास नगरपालिकाका सेवाग्राहीलाई प्रदान गरिने छ ।
यसैगरी मङ्गलबार र बुधबार कृष्णापुर, शुक्लाफाँटा र बेलौरी नगरपालिकाका र बिहीबार र शुक्रबार दोधरा चाँदनी नगरपालिका, बेलडाँडी र लालझाडी गाउँपालिकाका सेवाग्राहीका लागि निर्धारण गरिएको छ ।
नयाँ नागरिकता बनाउने सेवाग्रही ३० र प्रतिलिपि लिने सेवाग्राही २० गरी निर्धारित बारमा जम्मा ५० जनालाई सेवा दिइने छ । नागरिकतासम्बन्धी सेवा लिनका लागि बिहान १० देखि १०ः३० बजेभित्र टोकन लिनुपर्ने छ ।
“राहदानीका लागि प्रतिदिन १० जनालाई मात्रै नयाँ सिफारिस दिइने छ”, अधिकृत भट्टले भने, “राहदानी वितरणको कार्य र कार्यालयबाट प्रदान गरिने अन्य सेवा साविकबमोजिम दिइनेछ ।”
कोरोनाको जोखिम अझै रहेकाले भीडभाड हुन नदिनका लागि कार्यालयको सेवालाई प्रभावाकरी बनाई प्रवाह गरिने व्यवस्था गरिएको उनको भनाइ छ ।
















बिक्री हुने वस्तुमा ‘मूल्य’ र ‘लेबल’ अनिवार्य राख्नुपर्ने
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
प्रतिक्रिया