युरोकप : आजका सबै खेल एकै समयमा

काठमाडौँ । युरोकप फुटबलमा आज (मंगलबार) राति १२:४५ बजेदेखि दुई खेलहरु हुँदैछन् । युरोकपमा आज राति समूह डीका दुई खेलहरु हुनेछन् । जसमा इंग्ल्यान्ड र चेक रिपब्लिक तथा क्रोएसिया र स्कटल्याण्ड भिड्ने छन् ।
इंग्ल्यान्ड र चेक रिपब्लिक बीचको खेल राति १२:४५ बजे वेम्बली स्टेडियममा सुरु हुनेछ । आज इंग्ल्यान्ड चेक रिपब्लिकलाई हराउँदै नकआउट चरणमा पुग्ने योजनामा रहेको छ भने २ खेलमा ४ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ । पहिलो खेलमा क्रोएसियालाई १-० गोल अन्तरले गरेको इंग्ल्यान्ड दोस्रो खेलमा स्कटल्याण्डसँग गोल रहित बराबरीमा रोकिएको थियो ।
चेक रिपब्लिक पनि इंग्ल्यान्डलाई हराएर अन्तिम १६ मा पुग्न चाहन्छ । चेक रिपब्लिक २ खेलमा ४ अंक जोडेर समूहको शीर्ष स्थानमा रहेको छ । पहिलो खेलमा स्कटल्याण्डलाई २-० ले हराएको चेक रिपब्लिक दोस्रो खेलमा क्रोएसियासँग १-१ गोलको बराबरीमा रोकिएको थियो ।
यसै समूहको अर्को खेलमा क्रोएसिया र स्कटल्याण्ड राति १२:४५ बजे भिड्ने छन् । यस समूहमा क्रोएसिया २ खेलमा १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ भने पहिलो खेलमा इंग्ल्यान्डसँग १-० ले पराजित क्रोएसिया दोस्रो खेलमा चेक रिपब्लिकसँग १-१ गोलको बराबरीमा रोकिएको थियो ।
स्कटल्याण्ड २ खेलमा १ अंक जोडेर पुछारमा रहेको छ भने पहिलो खेलमा चेक रिपब्लिकसँग २-० ले पराजित स्कटल्याण्डले दोस्रो खेलमा इंग्ल्यान्डलाई गोलरहित बराबरीमा रोकेको थियो ।









इन्डोनेसियाको जकार्तामा अब कुकुर, बिरालो र चमेरोको मासु बेच्न नपाइने
अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडक विस्तार सुरु
रवि बोपाराको अर्धशतकमा चितवनले विराटनगरलाई दियाे १७५ रनको लक्ष्य
सर्वोच्च अदालत जलाएको आरोपमा ल क्याम्पसका पूर्व सभापति ढुंगेल पक्राउ
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
सशस्त्रको प्रवक्तामा डिआइजी थापा
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
छुटे दुर्गा प्रसाईं
प्रतिक्रिया