समाजिक सुरक्षा कोषले योगदानकर्तालाई ८ प्रतिशत प्रतिफल दिने

काठमाडौं । सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई ८ प्रतिशत प्रतिफल दिने भएको छ । कोषले आर्थिक वर्ष २०७६÷७७ भित्र सूचीकृत योगदानकर्तालाई वृद्धावस्था सुरक्षा योजना अन्तरगतको संकलित योगदान रकमको लगानीबाट प्राप्त प्रतिफल योगदानकर्तालाई दिन लागेको हो ।
सो अवधिमा ३ करोड ८० लाख १५ हजार ६९८ रुपैयाँ ८० पैसा वितरण योग्य रहेको कोषले जनाएको छ । वृद्धावस्था सुरक्षा योजनामा संकलित रकमको लगानीबाट आएको व्याजबाट योगदानकर्तालाई ८ प्रतिशत प्रतिफल वितरण गर्ने सकिने अवस्था देखिएको कोषका सह प्रवक्ता रोहित रेग्मीले जानकारी दिए ।
कोषले प्रतिफल बराबरको रकम सम्बन्धित योगदानकर्ताको खातामा जम्मा गर्ने जनाएको छ ।
कोषले २०७६ साउनदेखि योगदान रकम संकलन गर्न थालेको थियो । कोषमा हालसम्म १४ हजार ५८० रोजगारदाता २ लाख ५१ हजार २९२ योगदानकर्ता सूचीकृत भएका छन् ।
कोषमा रु ६ अर्ब ३९ करोड ३५ लाख योगदान रकम संकलन भएको छ । कोषले विभिन्न योजनाअन्तर्गत योगदानकर्तालाई ६ करोड ९७ लाख गरी कुल ११ करोड ६२ लाख रकम दाबी भुक्तानी गरेको छ ।












सुनचाँदीको मूल्य निरन्तर उकालोतिर, आज ताेलामा कति ?
हातहतियार बुझाउन कञ्चनपुर प्रशासनको निर्देशन
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
प्रतिक्रिया