नायव महान्यायाधिवक्ताको आशय : राजनीतिक मुद्दामा अदालतले हात हाल्दा अस्थिरता

काठमाडौँ । प्रतिनिधिसभा विघटन मुद्दाको फैसलामा संवैधानिक इजलासका न्यायाधीशले अस्थिरताको कारण अदालत नभएको बताउँदै प्रश्न गरेका छन् । सरकारको पक्षबाट बहस गर्न आएका सरकारी वकिललाई न्यायाधीशले, ‘देशमा भएको अस्थिरताको कारण अदालतको फैसला हो र ?’ भनेर प्रश्न गरेका हुन् ।
नायव महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयलाई न्यायाधीश ईश्वरप्रसाद खतिवडाले मंगलबारको बहसमा यस्तो प्रश्न सोधेका हुन् । बहस गरिरहेका पाण्डेयलाई उनले प्रश्न गरे, ‘एकमात्र अस्थिरता भएको कारण अदालतको फैसला भन्ने ढंगको तपाईंहरुको व्याख्या गरिरहनु भएको छ, लिखित जवाफमा पनि त्यही आयो, के यो सबै कारण अदालतको फैसला मात्रै हो कि अरु कारण पनि छन् ?’
सोमबारको बहसमा बडालले राजनीतिक मुद्दामा अदालतले हात हाल्दा अस्थिरतालाई निम्त्याउने बताएका थिए । आजको बहसमा पनि उनले सोही आशयको तर्क गरेपछि प्रश्न सोधिएको हो ।
न्यायाधीशको प्रश्नमा पाण्डेयले भने, ‘सबैले अदालको फैसला मात्रै भन्न खोजेका होइनौँ, आदेश पनि कारण चाहिँ हो ।’
















आचारसंहिता उल्लंघन गर्ने ५१ दल तथा उम्मेदवारलाई आयोगले सोध्यो स्पष्टीकरण
नेपाल-कतार संयुक्त व्यवसाय परिषद्को बैठक सम्पन्न, द्विपक्षीय लगानी र व्यापार विस्तारमा सहकार्य गर्ने प्रतिबद्धता
‘एआई’ प्रविधिद्वारा किसानलाई ‘डिजिटल’ कृषि सल्लाह उपलब्ध गराउन ‘कनेक्ट’ किसान र एनएएएमपीबीच सहकार्य
Death toll rises to 52 in S. Philippines ferry sinking incident
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ
प्रतिक्रिया