नायव महान्यायाधिवक्ताको आशय : राजनीतिक मुद्दामा अदालतले हात हाल्दा अस्थिरता

काठमाडौँ । प्रतिनिधिसभा विघटन मुद्दाको फैसलामा संवैधानिक इजलासका न्यायाधीशले अस्थिरताको कारण अदालत नभएको बताउँदै प्रश्न गरेका छन् । सरकारको पक्षबाट बहस गर्न आएका सरकारी वकिललाई न्यायाधीशले, ‘देशमा भएको अस्थिरताको कारण अदालतको फैसला हो र ?’ भनेर प्रश्न गरेका हुन् ।
नायव महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयलाई न्यायाधीश ईश्वरप्रसाद खतिवडाले मंगलबारको बहसमा यस्तो प्रश्न सोधेका हुन् । बहस गरिरहेका पाण्डेयलाई उनले प्रश्न गरे, ‘एकमात्र अस्थिरता भएको कारण अदालतको फैसला भन्ने ढंगको तपाईंहरुको व्याख्या गरिरहनु भएको छ, लिखित जवाफमा पनि त्यही आयो, के यो सबै कारण अदालतको फैसला मात्रै हो कि अरु कारण पनि छन् ?’
सोमबारको बहसमा बडालले राजनीतिक मुद्दामा अदालतले हात हाल्दा अस्थिरतालाई निम्त्याउने बताएका थिए । आजको बहसमा पनि उनले सोही आशयको तर्क गरेपछि प्रश्न सोधिएको हो ।
न्यायाधीशको प्रश्नमा पाण्डेयले भने, ‘सबैले अदालको फैसला मात्रै भन्न खोजेका होइनौँ, आदेश पनि कारण चाहिँ हो ।’









माछा मार्न गएका ताजपुरियाको मृत्यु
काठमाडौंको कमजोर ब्याटिङ, विराटनगरले पायो १३५ रनको सामान्य लक्ष्य
चुनावमा भाग लिने कांग्रेसको निर्णय
अफ्रिकाको पहिलो जी–२० शिखर सम्मेलनः महत्त्वाकांक्षी एजेन्डा, अमेरिकाको बहिष्कार र कूटनीतिक तनावबीच सुरु
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
लोकतान्त्रिक निकासका लागि फागुन २१ को निर्वाचन अनिवार्य छ : प्रधानमन्त्री कार्की
कस्ताे रहला आज देशभरको मौसम ?
प्रतिक्रिया