बिहीबारबाट आन्तरिक उडान खुल्ला, दैनिक ६४ उडान भर्ने

काठमाडौं । बिहीबारदेखि आन्तरिक उडान खुल्ने भएको छ । कोरोनाको दोस्रो लहरसँगै सरकारले निषेधाज्ञापछि बन्द गरेको आन्तरिक उडान बिहिबारबाट खुल्ला गर्ने वायुसेवा संचालक संघले जनाएको छ । संघका प्रवक्ता योगराज कँडेलले बिहीबारदेखि आन्तरिक उडान खुलाएसँगै शुरूआतमा दैनिक ६४ उडान हुने जानकारी दिए । उनका अनुसार बिहान ६ देखि साँझ ६ बजेसम्म आन्तरिक उडान हुनेछ । यती एयरलाइन्सले १५, बुद्ध एयरले ३१,श्री एयरलाइन्सका ७, सौर्यको ३ सहित ८ एयरलाइन्सले दैनिक उडान भर्ने उनले जानकारी दिए । निषेधाज्ञाअघि गत वैशाखमा दैनिक १ सय ३० आन्तरिक उडान हुँदै आएको थियो ।
निषेधाज्ञा खुकुलो भएसँगै आन्तरिक उडान खुल्ला गर्न लागिएकाले नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता राजकुमार क्षेत्रीले बताए । उनका अनुसार क्यानले जारी गरेको सबै स्वास्थ्य मापदण्ड पालना गरेर मात्र उडान संचालन गर्नुपर्ने छ ।









लुम्बिनीविरुद्ध पहिला बलिङ गर्दै सुदूरपश्चिम
आज कति छ सुनको भाउ ?
आठौँ सामाजिक सुरक्षा दिवस : साढे २६ लाख नागरिक सामाजिक सुरक्षाको छाताभित्र
हङकङकाे आवासिय भवनमा आगलागीमा परेर मर्नेको संख्या ४४ पुग्योः २७९ अझै बेपत्ता
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
बलिउड अभिनेता धर्मेन्द्रको निधन
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखद्वा्रा ‘जेनेरेटिभ एआई’ ले ल्याउनसक्ने समस्याबारे चिन्ता व्यक्त
प्रतिक्रिया