बिहीबारदेखि शुरू हुने स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिक सम्मेलनमा के हुन्छ ?

काठमाडाैं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले यही बिहीबार र शुक्रबार सातौँ स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिक सम्मेलन गर्दैछ । स्वास्थ्य तथा जनसङ्ख्या विज्ञलाई एउटै थलोमा भेला गरी जनस्वास्थ्य क्षेत्रका अनुसन्धानको आवश्यकताबारे छलफल गर्नका लागि सम्मेलन आयोजना गरिएको जनाइएको छ ।
परिषद्ले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा परिषद्का सदस्य सचिव डा प्रदीप ज्ञवालीले स्वास्थ्य क्षेत्रमा भइरहेका अनुसन्धानबारे वैज्ञानिकसँग छलफल गर्न सम्मेलन आयोजना गरिएको जानकारी दिए । उनका अनुसार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्यासँग सम्बन्धित विषयमा स्वदेशी तथा विदेशी अनुसन्धानकर्ताले आफ्नो खोज तथा अनुसन्धान प्रस्तुत गर्नेछन् ।
सम्मेलनमा ४७ अनुसन्धानमूलक कार्यको मौलिक प्रस्तुति, १९ पोष्टर प्रस्तुति र २४ आमन्त्रित प्रस्तुति हुनेछन् । सम्मेलनको पहिलो दिन बिहीबार कोभिड–१९, जनस्वास्थ्य सङ्कट, नसर्ने रोग तथा स्वास्थ्य प्रणाली र नीतिसम्बन्धी कार्यपत्र प्रस्तुत हुनेछ ।
दोस्रो दिन स्वास्थ्य मन्त्रालयका मातृ, नवजात शिशु, बालस्वास्थ्य तथा ज्येष्ठ नागरिक स्वास्थ्य, सङ्क्रामक रोग, पोषण, मानसिक स्वास्थ्य र दुव्र्यसन, वातावरणीय स्वास्थ्य, औषधिजन्य र बायोमेडिकल अनुसन्धानमा कार्यपत्र प्रस्तुत हुनेछ ।
सम्मेलनमा उत्कृष्ट कार्यपत्र प्रस्तुत गर्ने नौ जनालाई अवार्डसमेत प्रदान गरिने छ । परिषद्का अध्यक्ष प्रा डा गेहनाथ बरालले स्वास्थ्य क्षेत्रका अनुसन्धानलाई प्रमाणित गर्नका लागि उपचार पद्धतिमा लागू गर्नुपर्ने बताए । अनुसन्धानबाट आएको परिणामलाई व्यावहारिक रुपमा स्वास्थ्योपचारमा प्रयोग गर्नुपर्ने उनकाे भनाइ छ । रासस
















आज चैत २४ गते मंगलबारको राशिफल, कस्तो रहला तपाइको आजको दिन ?
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
प्रतिक्रिया