इटली र स्पेन यूरोकपको सेमिफाइनलमा

काठमाडौं। यूरोकप २०२० मा इटली र स्पेन सेमिफाइनलमा प्रवेश गरेका छन् । स्पेनले स्वीजरल्यान्ड र इटलीले बेल्जियमलाई पराजित गर्दै युरो २०२० फुटबलको सेमिफाइनल यात्रा तय गरेका हुन ।
जर्मनीको एलिनाज स्टेडियममा शुक्रबार राति सम्पन्न खेलमा बेल्जियमलाई २ – १ गोलअन्तरले पराजित गर्दै इटाली सेमिफाइनलमा प्रवेश गरेको हो।
त्यस्तै स्वीजरल्यान्डलाई पेनाल्टीमार्फत ३ (१ गोलअन्तरले पराजित गरेर स्पेन सेमिफाइनल पुगेको हो ।
इटालीलाई जित दिलाउन निकोलो बरेला र लोरेन्जो इन्सिनेले एक एक गोल गरेका थिए । बेल्जियमका लागि रोमेलु लुकाकुले एक गोल फर्काएका थिए ।
इटालीले खेलको पहिलो हाफमा नै २ – १ को अग्रता लिएको थियो। सोही अग्रतालाई कायम राख्दै इटालीले जित निकालेको हो । यो जितसँगै इटाली जारी युरोकपको सेमिफाइनलमा पुग्ने दोस्रो टोलि बनेको हो।
खेलको ३१ औं मिनेटमा निकोलो बरेलाले उत्कृष्ट गोल गर्दै बेल्जियमलाई सुरुवाती अग्रता दिलाएका थिए। मार्को भेराट्टीको पासमा उत्कृष्ट फिनिस गर्दै बरेलाले इटालीलाई खेलमा सुरुवाती अग्रता दिलाएका थिए।
पहिलो हाफको अन्तिम समय ४४ औं मिनेटमा लोरेन्जो इन्सिनेले उत्कृष्ष्ट गोल गर्दै इटालीलाई २ – ० को अग्रता दिलाएका थिए।
तर, खेलको इन्जुरी समयमा रोमेलु लुकाकुले पेनाल्टी मार्फत गोल गर्दै बेल्जियमलाई खेलमा फर्काए। जिओवानी डि लोरेन्जोले जेरमी डोकूलाई पेनाल्टी बक्सभित्र फउल गरेपछि बेल्जियमले पेनाल्टी पाएको थियो। उक्त अवसरमा गोल गर्दै लुकाकुले बेल्जियमलाई २ – १ को अवस्थामा ल्याए।
दुवै टिमले गोल गर्ने केही सुनौलो अवसर पाए पनि गोल गर्न चुके। खासगरि बेल्जियमले गोल गर्ने केही सुनौला अवसर बनाए पनि गोल गर्न चुक्दा हारको सामना गर्नु पर्यो
लियोनार्डो बनोचीले खेलको १३ मिनेटमा गोल गरेका थिए। तर, भीएआर मार्फत अफसाइड देखिएपछि उक्त गोलले मान्यता पाएन।
फाइनलका लागि अव इटाली र स्पेनले प्रतिस्पर्धा गर्नेछन् । स्विजरल्याण्डले स्पेनसँग राम्रो खेल खेलेपनि जित निकाल्न सकेन । खेलको ७९ मिनेटमा स्वीजरल्यान्डका एक जना खेलाडी रातो कार्ड खाएर मैदान वाहिर निस्कनु परेको थियो ।
स्वीजरल्यान्डका गोलकिपरले खेल अवधीभर स्पेनको धेरै बलको प्रारहलाई जोगाएका थिए । तै पनि पेनाल्टीमार्फत खेल टुग्गिदा स्पेनले जित निकालेको हो ।

















प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
विश्वकपमा इरानको समर्थन गर्दा केइसुके होन्डाले अमेरिकी विज्ञापन सम्झौता गुमाए
सेवा प्रवाहमा जिल्ला प्रशासन कार्यालय काठमाडौँको नवीनतम मोडेल उत्कृष्ट
प्रतिक्रिया