छोराले विदेशमा राम्रो काम नपाएपछि एजेन्टको गोली हानी हत्या
२ वर्षपछि पक्राउ

काठमाडौँ । २०७५ साल चैत १७ गते कपिलवस्तु कृष्णनगर नगरपालिका–१० का ५५ वर्षीय पारस पुरीलाई गोली हानी हत्या गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले विजयनगर गाउँपालिका–१ का ५० वर्षीय पशुपति कुर्मीलाई प्रहरीले कपिलवस्तु नगरपालिका–१० नेपाल–भारत सिमाबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार कुर्मीले दुई वर्ष अघि छोराले विदेशमा राम्रो काम नपाएको भन्दै वैदेशिक रोजगारीमा पठाएका एजेन्ट पुरीलाई गोली हानी हत्या गरेको खुलेको छ । २०७५ साल चैत १७ गते राति साढे ९ बजे पुरीको गोली हानी हत्या गरिएको थियो । हत्यापछि भागिरहेका कुर्मीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा आरोपीको पहिचान खुलेपछि हिरासत लिइएको हो ।
पैसा नदिएपछि हत्या
कुर्मीले छोरालाई विदेश पठाइदिनु भन्दै पुरीलाई १ लाख १५ हजार रूपैयाँ दिएका थिए । सोही अनुसार पुरीले कुर्मीका छोरालाई बहराइन पठाइदिए । कुर्मीका छोरा बहराइ पुगेपछि भनेको काम भएन भन्दै फोन गर्न थाले । त्यपछि कुर्मीले पनि यहाँ राम्रो कम्पनी र तलब नपाएको भन्दै पुरीसँग पैसा फिर्ता मागेका थिए ।
प्रहरीका अनुसार पैसा नपाएपछि उनलाई कुर्मीले मार्ने योजना बनाए । यसमा कुर्मीसहित तीन जना व्यक्ति प्रतिवादी छन् । उनीहरूले भारतको सिद्धार्थनगर ढकारी ग्राममा बसेर हत्याको योजना बनाएका थिए ।
त्यसदिन बेलुका तिनै जना मोटरसाइकलमा पुरीको घर आएर पैसा फिर्ता मागेका थिए । तर, पुरीले पैसा नदिएपछि कटुवा पेस्तोलबाट गोली हानी हत्या गरेका थिए ।
गोली हानेपछि हल्लाखल्ला भएर गाउँले भेला भएका थिए । गाउँलेलाई लक्षित गरी उनीहरूले विस्फोटक पदार्थ पड्काएर मोटरसाइकल चढेर भागेको प्रहरी अनुसन्धानमा खुलेको छ ।
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
प्रतिक्रिया