युरोकप फुटबलको सेमिफाइनल समिकरण पूरा
इंग्ल्यान्ड, इटाली, स्पेन र डेनमार्क अन्तिम चारमा

काठमाडौं । युरोकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ ।
युरोपका विभिन्न ११ शहरमा जारी १६औं संस्करणको क्वाटरफाइनलका खेलहरु सकिएसँगै सेमिफाइनल समिकरण पूरा भएको हो । क्वाटरफाइनल अन्तर्गत गएराति युक्रेन र इंग्ल्यान्डबीचको खेलसँगै अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो ।
उक्त खेलमा युक्रेनलाई ४–० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा पुग्ने अन्तिम टिम बनेको छ । यस संस्करणमा इंग्ल्यान्ड, इटाली, स्पेन र डेनमार्कले अन्तिम चारमा स्थान बनाएका छन् ।
हिजै भएको अर्को खेलमा चेक रिपब्लिकलाई २–१ गोल अन्तररले पराजित गर्दै डेनमार्क सेमिफाइनल प्रवेश गरेको हो ।
इंग्ल्यान्डको वेम्बली स्टेडियममा हुने सेमिफाइनलको खेल बुधबार र बिहीबार हुनेछ । पहिलो सेमिफाइनलमा इटाली र स्पेन भिड्ने छन् । दोस्रो सेमिफाइनलमा डेनमार्क र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।













नेपालसहित ७५ देशलाई आप्रवासी भिसा प्रक्रिया स्थगित गर्ने अमेरिकाको घोषणा
माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा
माघेसङ्क्रान्ति मेला भर्न देवघाटमा भक्तजनको भीड
कांग्रेस सभापति गगन थापा र टिमलाई बाबुराम भट्टराईको शुभकामना
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
प्रतिक्रिया