दुई सचिव बढुवा गर्न ६ सहसचिवको नाम सिफारिस
मेरोन्यूज
२०७८ असार २० गते २०:५०
काठमाडौँ । नेपाल सरकारको रिक्त दुई सचिव पदका लागि ६ जना सहसचिवको नाम सिफारिस भएको छ । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा आज बसेको सचिव बढुवा सिफारिस समितिको ६ जनाको नाम सिफारिस भएको हो ।
सिफारिस सहसचिवमा प्रशासनतर्फ ३ जना र प्राविधिकतर्फ ३ जनाको नाम मन्त्रीपरिषदमा पठाइएको हो । जसमा प्रशासनतर्फ सहसचिव मधुसुदन बुर्लाकोटी, कृष्णहरी पुष्कर र खगेन्द्रप्रसाद नेपाल रहेका छन् ।
यस्तै, प्राविधिकतर्फ बढुवाका लागि सिफारिस हुनेमा सुशील चन्द तिवारी, गोपालप्रसाद सिग्देल र राजेन्द्रप्रसाद खनाल रहेका छन् ।
आजको सिफारिसका आधार आगामी मन्त्रिपरिषद् बैठकले प्रशासनतर्फ ३ जनामध्ये १ जना र प्राविधिकतर्फ ३ जनामध्ये १ जनालाई सचिवमा बढुवा गर्ने छ ।
सम्बन्धित
















बिक्री हुने वस्तुमा ‘मूल्य’ र ‘लेबल’ अनिवार्य राख्नुपर्ने
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
प्रतिक्रिया