कोभिड–१९ बाट एक हजारभन्दा बढी इन्डोनेसियाली स्वास्थ्यकर्मीको मृत्यु

जकार्ता । कोभिड–१९ को महामारीका कारण इन्डोनेसियामा कम्तिमा एक हजार स्वास्थ्यकर्मीको मृत्यु भएको इन्डोनेसियाली अस्पतालहरूको संगठन (पीइआरएसआई) ले सोमबार जानकारी गराएको छ ।
इन्डोनेसियामा मार्च २०२० देखि जुन २०२१ सम्म चलेको पहिलो लहरको कोभिड–१९ को सङ्क्रमणका कारण करिब ६० हजार व्यक्तिको मृत्यु भएको सरकारी तथ्याङ्कमा उल्लेख छ ।
पीइआरएसआईका महासचिब लिया गार्डेनिया पार्काकुसुमाका अनुसार मृतक स्वास्थ्यकमीमध्ये ४०५ जना सामान्य चिकित्सक, ४३ दन्त चिकित्सक, ३२८ नर्स, २५५ अन्य स्वास्थ्यकर्मी रहेका छन् । मे महिनामा ईद–उल–फित्रको लामो छुट्टी र अधिक संक्रामक डेल्टा भेरिएन्टमा प्रवेश गरेपछि इन्डोनेसियामा कोभिड १९ को महामारी बढेको थियो र अधिकांशस्वास्थ्यकर्मीको यही समयमा मृत्यु भएको हो ।
यसैबीच, कोभिड– १९ बाट स्वास्थ्यलाभ गर्ने स्वास्थ्यकर्मीहरूसँग आराम गर्न पर्याप्त समय छैन ।उनीहरूले महामारीका कारण वृद्धि भएका विरामीको रेखदेख गर्न आफुले आराम पनि नगरी काममा फर्किनुपर्ने अवस्था रहेको परताकुसुमाले बताए ।
















उपसभामुखमा श्रम संस्कृती पार्टीले पनि उम्मेदवारी दिने
इरानमा बेपत्ता अमेरिक पाइलटको भाग्यमाथि बाजी लगाएपछी पोलिमार्केट आलोचनामा
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
प्रतिक्रिया