‘द हन्ड्रेड’मा खेल्दै सन्दीप, भोली इंग्ल्यान्ड जाने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने भोली बिहिबार इंग्ल्यान्ड जादै छन् । क्रिकेट इतिहासकै पहिलो खेल द हन्ड्रेन्ड (एक सय बल) को खेल खेल्न उनि इंग्ल्याण्ड जान लागेका हुन् ।
इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले आयोजना गर्न लागेको ‘द हन्ड्रेड’ क्रिकेट इतिहासमै पहिलो पटक हुन लागेको प्रतियोगिता हो । गत वर्ष हुने तय भएपनि कोरोना कारण एकवर्ष पछि धकेलिएको थियो । सन्दीपले द हन्ड्रेडमा हालसम्मकै सर्वाधिक पारिश्रमिक पाउने छन् । सन्दीपले एक लाख पाउन्ड झण्डै १ करोड ५० लाख नेपाली रुपैयाँ बराबर पारिश्रमिक पाउने छन् ।
दुई सातापछि इंग्ल्यान्डमा हुने द हन्ड्रेन्ड खेल्न जान लागेका सन्दीप कति दिन क्वारेनटाइनमा बस्ने भन्ने निश्चित छैन । इंग्ल्यान्ड सरकारको नियम अनुसार १० दिन अनिवार्य क्वारेनटाइन र २ पकट कोरोना परिक्षण गर्नुपर्ने हुन्छ ।
सन्दीप ओभल इन्भीनसिभलसबाट द हन्ड्रेन्ड खेल्ने छन् । सन्दीपले भिसा ढिलो हुँदा अघिल्लो महिना इंग्ल्यान्डमा जारी टि २० खेल्न पाएका थिएनन् । सन्दीप वोर्सेस्टरशायरमा अनुबन्ध भएपनि भिसा ढिलो हुँदा गुमाउनु परेको हो ।
द हन्ड्रेन्ड २२ जुलाई देखि २१ अगष्ट सम्म चल्ने छ । प्रतियोगितामा ८ टोली छन् । राउन्ड रोविन लिगको आधारमा प्रतिस्पर्धा हुने छ । सन्दीपको टोलीले उद्धघाटन खेलमा म्यानचेस्टर ओर्जिनल्ससँग खेल्ने छ । सन्दीप सम्मिलित टोलीमा स्याम करन, जेसन रोय, सुनिल नारायण, कोलिन इनग्राम, टम करन र साम बिलिंग्स लगायतका खेलाडी छन् ।
तत्काल नेपालको कुनैपनि अन्तर्राष्ट्रिय खेल नहुँदा सन्दीप पुरै सिजन खेलेर फर्किने छन् । नेपालले जुलाई तेस्रो साता स्पेनमा नामिबिया र स्कटल्यान्डसँग ओडिआई त्रिकोणात्मक सिरिज खेल्ने कार्यक्रम भएपनि कोरोना कारण स्थगित भई सकेको छ ।
प्रतिक्रिया