‘द हन्ड्रेड’मा खेल्दै सन्दीप, भोली इंग्ल्यान्ड जाने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने भोली बिहिबार इंग्ल्यान्ड जादै छन् । क्रिकेट इतिहासकै पहिलो खेल द हन्ड्रेन्ड (एक सय बल) को खेल खेल्न उनि इंग्ल्याण्ड जान लागेका हुन् ।
इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले आयोजना गर्न लागेको ‘द हन्ड्रेड’ क्रिकेट इतिहासमै पहिलो पटक हुन लागेको प्रतियोगिता हो । गत वर्ष हुने तय भएपनि कोरोना कारण एकवर्ष पछि धकेलिएको थियो । सन्दीपले द हन्ड्रेडमा हालसम्मकै सर्वाधिक पारिश्रमिक पाउने छन् । सन्दीपले एक लाख पाउन्ड झण्डै १ करोड ५० लाख नेपाली रुपैयाँ बराबर पारिश्रमिक पाउने छन् ।
दुई सातापछि इंग्ल्यान्डमा हुने द हन्ड्रेन्ड खेल्न जान लागेका सन्दीप कति दिन क्वारेनटाइनमा बस्ने भन्ने निश्चित छैन । इंग्ल्यान्ड सरकारको नियम अनुसार १० दिन अनिवार्य क्वारेनटाइन र २ पकट कोरोना परिक्षण गर्नुपर्ने हुन्छ ।
सन्दीप ओभल इन्भीनसिभलसबाट द हन्ड्रेन्ड खेल्ने छन् । सन्दीपले भिसा ढिलो हुँदा अघिल्लो महिना इंग्ल्यान्डमा जारी टि २० खेल्न पाएका थिएनन् । सन्दीप वोर्सेस्टरशायरमा अनुबन्ध भएपनि भिसा ढिलो हुँदा गुमाउनु परेको हो ।
द हन्ड्रेन्ड २२ जुलाई देखि २१ अगष्ट सम्म चल्ने छ । प्रतियोगितामा ८ टोली छन् । राउन्ड रोविन लिगको आधारमा प्रतिस्पर्धा हुने छ । सन्दीपको टोलीले उद्धघाटन खेलमा म्यानचेस्टर ओर्जिनल्ससँग खेल्ने छ । सन्दीप सम्मिलित टोलीमा स्याम करन, जेसन रोय, सुनिल नारायण, कोलिन इनग्राम, टम करन र साम बिलिंग्स लगायतका खेलाडी छन् ।
तत्काल नेपालको कुनैपनि अन्तर्राष्ट्रिय खेल नहुँदा सन्दीप पुरै सिजन खेलेर फर्किने छन् । नेपालले जुलाई तेस्रो साता स्पेनमा नामिबिया र स्कटल्यान्डसँग ओडिआई त्रिकोणात्मक सिरिज खेल्ने कार्यक्रम भएपनि कोरोना कारण स्थगित भई सकेको छ ।

















प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
शर्माको नेतृत्वमा एनआरएनकाे नयाँ कार्यसमिति आज घोषणा हुँदै
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
प्रतिक्रिया