भारतीय नागरिकलाई नागरिकता दिने वडाध्यक्षसहित ८ जना पक्राउ
मेरोन्यूज
२०७८ असार २७ गते १६:३७
काठमाडौँ । भारतीय नागरिकलाई नक्कली नागरिकता बनाइदिएको आरोपमा वडाध्यक्षसहित ८ पक्राउ परेका छन् । भारतीय नागरिक जमिर देवनलाई गैँडाकोट नगरपालिका ६ बस्ने स्थानीय जमिर मियाँ भन्दै नक्कली सिफारिसका आधारमा नागरिकता बनाइदिएको आरोपमा वडाध्यक्ष लक्ष्मीप्रसाद सापकोटासहित ८ जनालाई प्रहरीलाई परेका हुन् ।
उनीहरूलाई नक्कली नागरिकता बनाएको आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको हो । पक्राउ पर्नेमा अध्यक्ष सापकोटासहित ३३ वर्षीय भारतीय नागरिक जमिर देवन, नक्कली बाबु बनेका ५२ वर्षीय सफी अल्ला मियाँ, वडा सदस्य पवित्रा सापकोटा र चारजना साक्षीहरू रहेका छन् ।
गैँडाकोट नगरपालिका ६ का वडाध्यक्ष लक्ष्मीप्रसाद सापकोटाले २०७७ चैत १ गते पहिचानबिना नै नागरिकता बनाउन झुठो विवरण पेश गरी सिफारिस बनाइदिएका थिए ।
सम्बन्धित
















डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
डा. हाक जा हान मुन २०२६ नोबेल शान्ति पुरस्कारका लागि सिफारिस
सुदूरपश्चिम प्रदेशसभाको सातौँ अधिवेशन प्रारम्भ, सञ्चार विधेयक ‘टेबुल’
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
चितवनमा सहचालकले बस ब्याक गर्दा …
प्रतिक्रिया