भारतीय नागरिकलाई नागरिकता दिने वडाध्यक्षसहित ८ जना पक्राउ
मेरोन्यूज
२०७८ असार २७ गते १६:३७
काठमाडौँ । भारतीय नागरिकलाई नक्कली नागरिकता बनाइदिएको आरोपमा वडाध्यक्षसहित ८ पक्राउ परेका छन् । भारतीय नागरिक जमिर देवनलाई गैँडाकोट नगरपालिका ६ बस्ने स्थानीय जमिर मियाँ भन्दै नक्कली सिफारिसका आधारमा नागरिकता बनाइदिएको आरोपमा वडाध्यक्ष लक्ष्मीप्रसाद सापकोटासहित ८ जनालाई प्रहरीलाई परेका हुन् ।
उनीहरूलाई नक्कली नागरिकता बनाएको आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको हो । पक्राउ पर्नेमा अध्यक्ष सापकोटासहित ३३ वर्षीय भारतीय नागरिक जमिर देवन, नक्कली बाबु बनेका ५२ वर्षीय सफी अल्ला मियाँ, वडा सदस्य पवित्रा सापकोटा र चारजना साक्षीहरू रहेका छन् ।
गैँडाकोट नगरपालिका ६ का वडाध्यक्ष लक्ष्मीप्रसाद सापकोटाले २०७७ चैत १ गते पहिचानबिना नै नागरिकता बनाउन झुठो विवरण पेश गरी सिफारिस बनाइदिएका थिए ।
सम्बन्धित











युक्रेनी नेता जेलेन्स्की र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फ्लोरिडामा भेटवार्ता हुने
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
दुई दिनदेखि बेपत्ता रहेका व्यक्ति मृत फेला, हत्याको आशङ्का
म्यान्मामा पाँच वर्षपछि पहिलो पटक आम चुनाव हुँदै
रवि र बालेन सहमति नजिक, भोलि अन्तिम रूप दिने तयारी
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
प्रतिक्रिया