अष्ट्रेलियाका नयाँ राजदूतले भेटिन् प्रचण्ड

काठमाडौं । नेपालका लागि अष्ट्रेलियाका नवनियुक्त राजदुतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई भेटेका छन् । अष्ट्रेलियाली नवनियुक्त राजदूत फेलोसिटी वोल्कले बिहान प्रचण्ड निवास खुमलटार नै पुगेर प्रचण्डसाग भेटवार्ता गरेकी हुन् ।
यो उनको शिष्टाचार भेटवार्ता हो ।
भेटका क्रममा अध्यक्ष प्रचण्डले नवनियुक्त राजदूत वोल्कलाई नेपालमा स्वागत गरेका थिए । अष्ट्रेलियासँग नेपालको सम्बन्ध धेरै पुरानो रहेको उल्लेख गदै प्रचण्डले नेपालका लागि पुर्याउँदै आएको सहयोग र सद्भावप्रति अष्ट्रेलिया र त्यहाँका जनतामा कृतज्ञता प्रकट गरेको प्रचण्डको नीजि सचिवालयले जनाएको छ ।
राजदूत वोल्कको कार्यकालको सफलताको शुभकामना पनि प्रचण्डले दिएका थिए ।
उक्त भेटवार्तामा राजदूत वोल्कले नेपाल र नेपालीलाई अष्ट्रेलियाली जनताले प्यारो मान्ने वताएकी थिइन् । उनले आफ्नो कार्यकाल सफल बनाउन सहयोगको अपेक्षा पनि गरेकी थिइन् ।















नेपाल राष्ट्र बैंकले आज (आइतबारका)का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
माघ १९ गते आइतबार, कुन राशिका लागि शुभ ?हेर्नुहोस् आजकाे राशिफल
टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया