नवलपुरबाट एक वर्षमा ३ सय मानिस हराए
काठमाडौँ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा मानिस हराउने क्रम बढ्दै गएको छ । अघिल्लो आर्थिक वर्ष २०७६-७७ माभन्दा गत आव २०७७-७८ मा हराउने मानिसको संख्यामा वृद्धि भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार गत आवमा जिल्लाबाट ३०४ मानिस हराएका थिए । यो संख्या अघिल्लो आवमा २२९ थियो । जिल्लाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार अघिल्लो आवमा भन्दा गत आवमा ७५ जना बढी मानिस हराएका छन् । मानिस हराएको भनेर प्रहरीमा निवेदन दर्ता हुने गरेको भए पनि हराएका सबै मानिस भेट्टाउन नसकिएको गिरीले बताए ।
आव २०७७÷७८ मा हराएकामध्ये २२१ जना सम्पर्कमा आएका भए पनि ८३ मानिस अझै सम्पर्कविहीन रहेका गिरीले जानकारी दिए । “प्रहरीमा मानिस हराएको भनेर निवेदन दर्ता हुने गरेको छ”, गिरीले भने, “तर, केही घटनामा हराएका मानिसलाई उनीहरूकै घरपरिवारले भेटाएपछि प्रहरीमा जानकारी नगराउँदा बेपत्ता हुनेको संख्या बढेको जस्तो देखिएको हो ।”
‘बढ्दो सामाजिक सञ्जालको प्रयोग, बालबालिकाप्रति अभिभावकले कम समय दिनु, बेरोजगारीलगायतका विभिन्न कारणले मान्छे घर छाडेर हिँड्ने र सम्पर्कविहीन हुने गरेका छन्,’ प्रहरी प्रवक्ता गिरीले भने, ‘यस वर्षमात्रै १८१ महिला, ४५ बालिका, १० बालक तथा ३० ज्येष्ठ नागरिक बेपत्ता भएका छन् ।’
सामाजिक सञ्जाल प्रयोगका कारण परिवारका सदस्यबीच संवादहीनता बढ्दै जानु र एकअर्काको मनोभावना नबुझ्ने प्रवृत्तिका कारण बेपत्ताका घटना बढ्ने गरेको गिरीले बताए ।











प्रतिनिधिसभा निर्वाचनः नेकपाद्वारा रुपन्देही–३ बाट पाँच जना सिफारिस
सिद्धार्थ बैंकको २३औँ वार्षिकोत्सवमा ग्राहकलाई लाइफटाइम फ्री क्रेडिट कार्ड अफर
विश्वव्यापी उत्पादन घट्दा टोयोटाको बिक्रीमा पनि असर
फागुन २१ गतेको निर्वाचन कांग्रेसको पहिलो प्राथमिकता : सभापति देउवा
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
प्रतिक्रिया