संसद भवनमा कार्यरत ३ जना कर्मचारीमा कोरोना पुष्टि
मेरोन्यूज
२०७८ साउन २ गते १७:४३

काठमाडौँ । दोस्रोपटक पुनस्र्थापना भएको प्रतिनिधिसभाको पहिलो बैठक भोलि बस्ने भएको छ । बैठकको बस्ने तयारी हुँदै गर्दा सांसद, संसद भवनमा कार्यरत कर्मचारी, मर्यादापालक, पत्रकारहरूको कोरोना भाइरस (कोभिड १९) परीक्षण गरिएको छ ।
शुक्रबार र शनिबार सम्पन्न भएको कोरोना परीक्षणमा ३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । ८ सय एक जनामा गरिएको कोरोना परीक्षणमध्ये ३ जनामा संक्रमण पुष्टि भएको हो ।
एन्टिजेन परीक्षणमा पोजेटिभ रिपोर्ट आएको कर्मचारीलाई पिसिआर परीक्षण गर्न पठाइएको छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक गरेको प्रतिनिधिसभा विघटन सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै पुनस्र्थापना भएपछि भोलि आइतबार ४ बजेदेखि बैठक सुरु हुने भएको हो ।
सम्बन्धित
















अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
प्रतिक्रिया