शुक्रबार, पुष ११, २०८२

मृतावस्थामा भेटिए दुई गैँडा, खाग र खुर सुरक्षित

मेरोन्यूज २०७८ साउन ४ गते १२:५१

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जमा आइतबार दुई गैँडा मृतावस्थामा भेटिएको छ । तीमध्ये एउटा बुढो र अर्को बच्चा छन् ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार कसरा नजिकै राप्ती नदी किनारमा दुई महिनाको गैँडा बच्चा मृतावस्थामा फेला परेको हो । उनले बाघको आक्रमणबाट बच्चा गैँडाको मृत्यु भएको हुन सक्ने जानकारी दिए ।

यसैगरी अमलटारी सेक्टरअन्तर्गत रतनपुर घाटमा अन्दाजी ३० वर्षको बुढो गैँडा मृतावस्थामा फेला परेको छ । नारायणी नदी किनारमा बालुवामा गढेको अवस्थामा भाले गैँडा भेटिएको हो ।

ती गैँडाको खाग, खुर सुरक्षित रहेको जनाउँदै उनले दुवै प्राकृतिक कारणले मरेको बताए । गत आर्थिक वर्षमा प्राकृतिक कारण र चोरी शिकारीले निकुञ्जमा ३२ गैँडा मरेका थिए । अघिल्लो आवमा प्राकृतिक कारणले २६ गैँडा मरेका थिए ।

प्रतिक्रिया