एमालेका यी सांसदलाई २४ घण्टे ‘अल्टिमेटम’ (सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको १० औँ केन्द्रीय कमिटी बैठकले नेता माधव कुमार नेपाल पक्षसहित २२ जना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । प्रधानमन्त्री शेर बहादुर देउवाले आइतबार लिएको विश्वासको मतमा मतदान गर्ने सांसदहरूलाई एमालेले स्पष्टीकरण दिन अल्टिमेटम दिएको हो ।
प्रधानमन्त्री देउवाको पक्षमा नेता नेपाल पक्षसहित पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा मन्त्री बनेको प्रेम बहादुर आलेसहित सांसदहरूले मतदान गरेका थिए । यसैबीच नेपाल पक्षका केही सांसद मतदान स्थलमा अनुपस्थित भएका थिए ।
उनीहरूले पार्टीको अनुशासन उल्लंघनको गरेको भन्दै बैठकले २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
स्पष्टीकरण सोधिएका सांसदहरू…
माधव कुमार नेपाल, विरोध खतिवडा, मेटमणि चौधरी, गोपाल बम, भवानी खापुङ, कलिला खातुन, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, प्रमे आले, विनादेवी बुढाथोकी, किसान श्रेष्ठ, समिना हुनेन, कल्याणी खड्का, सरला यादव, धनबहादुर बुढा, लक्ष्मी चौधरी, जीवनराम श्रेष्ठ, पुष्पा कर्ण कायस्थ, निरा जैरु, पार्वती विसंखे, हिराचन्द केसी र कृष्णलाल महर्जन
















साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
टीकापुर थारू साहित्य तथा सास्ंकृतिक उत्सव सुरु
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
विश्वशान्तिको कामना गर्दै कालीगण्डकी किनारमा दुई करोड ५० लाख दीप प्रज्ज्वलन
सरकारको प्रवक्तामा शिक्षामन्त्री पोखरेल
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
प्रतिक्रिया