चितवनमा गोली लागेर मृत्यु हुने युवक नेपाली सेनाका हुद्दा
मृतक गुरुङ धादिङ निलकण्ठ निवासी : प्रहरी

काठमाडौं । बिहिबार चितवनको भरतपुर महानगरपालिका–१७, मानसिंह चोक नजिकै रहेको सिमडाँडा खेतको नहरमा मृत अवस्थामा फेला परेका शव धादिङका व्यक्तिको भएको खुलेको छ । मृतक धादिङ जिल्लाको निलकण्ठ नगरपालिका–१३ निवासी ३६ वर्षीय भरत गुरुङ रहेको जल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) सुर्य थापाले मेरोन्युजसँग बताए ।
ति युवक सेनाको महेन्द्र दल गण राष्ट्रिय निकुञ्ज शिवपुरी टोखामा कार्यरत सेनाको हुद्दा रहेको प्रहरीले जनाएको छ ।
उनले भने,‘उहाँ नेपाली सेनाको महेन्द्र दल गण राष्ट्रिय निकुञ्ज शिवपुरी टोखामा कार्यरत सेनाको हुद्दा हुनुहुदो रहेछ । उहाँ केही दिन अगाडी जग्गा सम्बन्धी कारोबारका लागि उनी चितवन आई शारदानगरमा आफन्तको घरमा बस्नु भएको भन्ने कुरा बुझेका छौ ।’
गुरूङको एकापट्टि कान नजिकैबाट हानिएको गोली अर्को कानभन्दा थोरै माथिबाट निस्किएको देखिएको डिएसपी थापाले बताए ।
‘एकापट्टि कान नजिकैबाट हानिएको गोली अर्को कानभन्दा थोरै माथिबाट निस्किएको देखिएको छ, तर पोस्टमार्टम रिपोर्ट अगावै गोली प्रहार नै हो भन्न सकिन्न ।’ घटनास्थल नजिकै गोलीको खोका र रगतसमेत देखिएको गुरुङको गोली हानी हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।
हाल मृतकको शव भरतपुर अस्पतालको शव गृहमा पोस्टमार्टमका लागि राखिएको प्रहरीले जनाएको छ ।
















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
प्रतिक्रिया