कोञ्ज्योसोममा गाउँपालिकामा ‘जोन्सन एण्ड जोन्सन’को खोप लगाइने
मेरोन्यूज
२०७८ साउन ७ गते १८:३४

ललितपुर । अमेरिकाले उपलब्ध गराएको एक मात्रा मात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको खोप शुक्रबार दक्षिण ललितपुरको कोञ्ज्योसोम गाउँपालिकामा लगाइने भएको छ ।
५० वर्षदेखि ५४ वर्ष उमेर समूहका नागरिक, क र ख वर्गका अपाङ्गता भएका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी, स्वास्थ्य, सरसफाइकर्मी समेतलाई खोप लगाउने कार्यक्रम तय भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नवलकिशोर महतोले जानकारी दिए ।
उनले भने, “गाउँपालिकाको पाँचै वडाका स्वास्थ्य चौकीमा यस खोप लगाउने अभियान रहँदा पायक पर्ने स्थानमा जान अनुरोध गर्दछु ।” ललितपुरका अन्य पाँच पालिकामा भने सोमबार, मङ्गलबार र बुधबार गरी तीन दिन जोन्सनको खोप लगाइसकिएको छ ।
सम्बन्धित
















अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
प्रतिक्रिया