जुवाखालबाट दुई लाखसहित आठ जना पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले जुवाखालबाट दुई लाखसहित आठ जनालाई पक्राउ गरेको छ । एक होटल सञ्चालक र सात जुवाडेलाई प्रहरीले सोमबार बेलुकी ५ः३० बजे पक्राउ गरेको हो ।
वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेतको जुम्ला रोडस्थित सकुन्तला न्यौपानेले सञ्चालन गरेको सुर्खेती स्टाप होटलमा जुवातास खेलिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् ।
दैलेख घर भइ वीरेन्द्रनगर बस्ने ३० वर्षीय किरण विष्ट, ३० वर्षीय पदम सलामी मगर, २२ वर्षीय बखत शाही, २८ वर्षीय यामबहादुर रोकाय र ३० वर्षीय लोकबहादुर बुढालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक घर्तीले जानकारी दिए ।
त्यस्तै सुर्खेतकै ४० वर्षीय बलबहादुर बाह्रघरे, अछामका ३५ वर्षीय जीवन शाहीलाई प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक घर्तीले बताए ।
होटलमा पैसाको हारजीत हुने गरी जुवातास खेलिरहेको अवस्थामा उनीहरुसहित जुवाखालबाटै दुई लाख १४ हजार ९७० नगद र दस्तखत गरिएका विभिन्न बैंकका ११ थान चेक पनि बरामद गरिएको उनले बताए ।
त्यसैगरी प्रभु बैंकको चार लाख लेखिएको दस्तखतसमेत भएको एक थान चेक, एनएमबि बैंकको ४९ हजार रकम उल्लेख गरी दस्तखत गरिएको एक थान चेकका साथै जुवा खेल्न प्रयोग गरिएको एक गड्डी तास र तास खेल्न बिच्छ्याइएको एक थान लिउ पनि रीतपूर्वक बरामद गरिएको उनले जानकारी दिए ।
जुवाडेसहित होटल सञ्चालक डुङ्गेश्वर गाउँपालिका–५ स्थायी घर भई वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेत भैरवस्थान बस्ने २६ वर्षीय शकुन्तला न्यौपानेसमेतलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
प्रतिक्रिया