प्रभुराम शर्मालाई कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी
मेरोन्यूज
२०७८ साउन १२ गते १९:११

काठमाडौं । सरकारले प्रभुराम शर्मालाई कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई साउन २६ गतेबाट लागु हुने गरी कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको हो । शर्मा अहिले बलाधिकृत रथीको जिम्मेवारी सम्हालिरहेका छन् ।
आगामी भदौ २४ देखि अनिवार्य अवकाश पाउन लागेका प्रधानसेनापति पूर्णचन्द्र थापाले अवकाशको एक महीना अघि विदा बस्ने भएपछि शर्मालाई कामु प्रधानसेनापति तोकिएको हो । सेनामा अवकाश पाउनु एक महिना पहिले नै विदा बस्ने प्रचलन छ । सोही प्रचलन अनुसार उनी साउन २६ गतेदेखि विदामा बस्दै छन् ।
सम्बन्धित
















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
प्रतिक्रिया