राजविराज नगरपालिकाको विद्युत लाइन काटियो

राजविराज । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रले बाँकी बक्यौता नबुझाउँदा राजविराज नगरपालिका कार्यालयको विद्युत आपूर्ति लाइन काटिएको छ ।
लामो समयदेखि विद्युत महसुल नतिरेका उपभोक्ताको धमाधम लाइन काटिरहेको अवस्थामा प्राधिकरणले राजविराज नगरपालिकाको जरिवानाबाहेक १६ लाख बाँकी रहेको भन्दै विद्युत आपूर्ति लाइन काटिएको हो ।
पटक–पटक ताकेता र पत्राचार गर्दा पनि बेवास्ता गरेकाले कार्यालयको विद्युत आपूर्ति बन्द गरी लाइन काटिएको वितरण केन्द्र राजविराजका प्रमुख आमोदप्रसाद यादवले जानकारी दिए ।
उनले भने, “दुई दिनअघि पनि बक्यौता बुझाउन पत्राचार गर्नुका साथै प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा भएको छलफलमा समेत जानकारी गराउँदा नगरपालिकाले बेवास्ता गरेकाले बाध्य भएर लाइन काट्नुपरेको छ, बक्यौता महसुल नबुझाएसम्म लाइन जोडिँदैन ।”
यता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन थापाले प्राधिकरणद्वारा विद्युत सेवा प्रदानका लागि नगर क्षेत्रमा गाडिएका विद्युतीय पोलवापतको भाडा नगरपालिकाले नलिएको र प्राधिकरणले पनि विद्युत महसुल नलिने भन्ने विषयमा नगरपालिकाको तर्फबाट पहल भइरहेका बेला एक्कासि लाइन काटिनु उचित नभएको बताए ।
नगरपालिका स्थापना भएदेखि नै विद्युत महसुल नबुझाएको नगरपालिकाबाट बुझिएको छ । एक्कासि लाइन काटिएपछि नगरपालिका कार्यालयबाट विद्युतीय प्रयोगबाट सञ्चालन हुने सबै सेवा ठप्प भएको छ ।










यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
नारायणघाट बुटवल खण्डको नारायणी नदि पुल क्षेत्रमा दुई दिन राति गाडी सञ्चालनमा रोक
कस्ताे रहला आज देशभरको मौसम ?
दोस्रो संस्करणको एनपीएल : आज लुम्बिनी र चितवन भिड्दै
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
जाडोमा गुड खानुका फाइदै फाइदा, दिनमा कति खाने ?
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
प्रतिक्रिया