नेपाललाई चीनले थप १६ लाख डोज खोप अनुदान दिँदै
मेरोन्यूज
२०७८ साउन १५ गते १३:५७
काठमाडौँ । नेपाललाई चीन सरकारले कोरोना भाइरस (कोभिड–१९)विरुद्ध थप १६ लाख डोज खोप अनुदानमा दिने भएको छ । शुक्रबार अर्थमन्त्री जनार्दन शर्मासँग भेट गर्दै चिनियाँ राजदूत होउ यान्छीले यस्तो प्रतिबद्धता दिएकी हुन् ।
चीनले यसअघि १८ लाख डोज खोप अनुदानमा दिइसकेको छ । अर्थ मन्त्रालयले जारी गरेको विवरणमा चीनले दिने थप खोप चाँडै आउने जनाइएको छ ।
भेटमा नवनियुक्त अर्थमन्त्री शर्मालाई चिनियाँ राजदूत यान्छीले बधाई तथा शुभकामना दिएकी थिइन् । उनले जुनसुकै सरकार आए पनि नेपाललाई हेर्ने चिनियाँ नीतिमा परिवर्तन नहुने बताइन् ।
भूकम्पपछिको पुननिर्माणमा समेत चीनले नेपाललाई साथ दिएको जानकारी दिँदै आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता जनाएकी थिइन् ।
सम्बन्धित
















वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
प्रतिक्रिया