एमसीसी पासपछि मात्रै मन्त्रिपरिषद्को पूर्णता !
तत्काल बढीमा ६ मन्त्रीमात्रै थपिने

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारको मन्त्रिपरिषद्ले अमेरिकी सहयोग नियोक (एमसीसी) पास भएपछि मात्रै पूर्णता पाउने भएको छ । प्रधानमन्त्री देउवाले आफ्नै पालामा एमसीसीमा हस्ताक्षर भएको र कान्र्यान्वयन गर्ने म्याद अन्तिम अवस्थामा पुगेको भन्दै पहिलो प्राथमिकता त्यसलाई दिने सत्ता गठबन्धनका शीर्ष नेता र पार्टी पदाधिकारी बैठकमा बताएका छन् ।
एमसीसीमा हस्ताक्षर यो भन्दा अघिल्लो पटक देउवा प्रधानमन्त्री भएका बेला अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गरेका थिए । कार्की अहिलेको सरकारमा पनि कानुन न्याय तथा संसदीय मामिलामन्त्री छन् । त्यही भएर पहिला एमसीसी पास गर्ने, त्यसपछि मात्रै अन्य काम गर्ने तयारी देउवाको छ ।
देउवाले आफू निकटका नेताहरुसँग एमसीसीका विषयमा पदाधिकारी बैठकपछि पनि बिहीबार छलफल गरेका थिए । नेताहरुले पहिला एमसीसी पास गरेपछि मात्रै मन्त्रिपरिषद् विस्तार गरेमा विरोध गर्ने नेताहरु पनि मन्त्री पाउने आशमा विरोध गर्न नसक्ने सुझाएका थिए । ‘हामीले पहिला एमसीसीलाई सदनमा प्रस्तुत गर्नुस् । निर्णयर्था प्रस्तुत गरेर संसदबाट पास भएपछि मात्रै अरु काम गर्नुहोला भनेका छौं । उहाँ सकारात्मक हुनुहुन्छ,’ देउवा निकट एक नेताले भने ।
पार्टीका नेताहरु र माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग देउवाले यो विषयमा छलफल गरेपछि सरकारले प्रस्तुत गर्ने विधेयकबारे छलफल भन्दै गृहमन्त्री बालकृष्ण खाणले सभामुख अग्नि सापकोटासँग भेटेका थिए । स्रोतले गृहमन्त्री खाणले एमसीसी प्रतिवेदन आउने सम्भावना रहेको जानकारी गराएको स्रोतले बतायो ।
देउवाले आफ्नो प्रतिष्ठाको विषय रहेको भन्दै माओवादी अध्यक्ष दाहालसँग पनि सरकारले प्रस्ताव लैजाने र पास गर्न सहयोगका लागि आग्रह गरेको बालुवाटार स्रोत बताउँछ । जवाफमा दाहालले आफ्नो पार्टीमा एमसीसीको विपक्षमा धेरै नेता र सांसद रहेकाले सबैको मत पक्षमा पर्नेमा आफू विश्वस्त नरहेको बताएका थिए । माओवादीमा प्रमुख सचेतक देवप्रसाद गुरुङ, पूर्वसभामुख कृष्णबहादुर महरा र वर्तमान सभामुख सापकोटा नै एमसीसीप्रति सकारात्मक छैनन् । त्यसपछि देउवाले सभामुखको धारणा बुझ्न गृहमन्त्री खाणलाई पठाएको निकटस्थहरु बताउँछन् ।
देउवाले दाहाललाई पहिला एमसीसी पारित गरेपछि मात्रै मन्त्रिपरिषद्लाई पूर्णता दिएमा धेरै नेताहरु मन्त्री बन्ने नाममा चर्को विरोधमा र विपक्षमा उत्रिन नसक्ने भन्दै त्यसमा आफूलाई सहयोग गर्न आग्रह गरेका थिए । मन्त्रिपरिषद् विस्तार गर्ने तर पूर्णता नदिने देउवाको प्रस्तावमा दाहालले भने प्रतिक्रिया नदिएको स्रोतले बतायो ।
अब देउवाले तत्काल जनता समाजवादी पार्टीबाट तीन, माओवादीबाट बढीमा दुई र कांग्रेसबाट एक जनालाई मात्र तत्काल मन्त्रिपरिषद्मा समावेश गर्ने आफ्नो तयारी गठबन्धन दलका शीर्ष नेतालाई सुनाएका थिए । त्यसमा दलका शीर्ष नेताहरुले बोलेर समर्थन नजनाए पनि विरोध नगरेको एक बालुवाटार स्रोतले बतायो ।
देउवाले जसपा अध्यक्ष उपेन्द्र यादवलाई टेलिफोन गरेर पहिला तीन नेताको मात्रै नाम मन्त्रीमा सिफारिस गर्न भनिसकेको एक मन्त्रीले बताए । माओवादी अध्यक्ष दाहालले भने अरु सबै तयार गरेपछि दुई नेताको नाम माग्नुहोला, त्यतिबेलै दिउला भनेको निकटस्थ स्रोतले बतायो । कांग्रेसमा भने नेता रामचन्द्र पौडेल समूहबाट एक मन्त्री यो चरणमा बनाउने तयारी छ । अहिले ६ सदस्यीय मन्त्रीपरिषद् अब ६ सदस्य थप्दा १२ सदस्यीय हुन्छ । संविधानमै २५ सदस्यीय भन्दा ठूलो मन्त्रिपरिषद बनाउन नपाउने व्यवस्था रहेकाले मन्त्रीमा पर्ने आसमा विरोधमा रहेका नेताहरु पनि मत पक्षमा हाल्न सक्ने सम्भावना रहने बुझाइ देउवाको छ ।
यतिमात्रै होइन एमसीसी सदनमा पेस गर्ने तयारी आफूले गरेको भन्दै पारित गर्न सहयोग गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि देउवाले टेलिफोनमा आग्रह गरिसकेका छन् । एमाले अध्यक्ष ओली पनि एमसीसीको पक्षमा छन् । ओलीले सहयोग गर्न सक्ने नसक्ने केही नबताएर सल्लाह गरौंला मात्रै भनेको पनि देउवा निकट स्रोतले बतायो ।
















संसद् पुनर्स्थापनाको रिटमा चुनावअघि फैसलाको माग गर्दै कांग्रेसका निवर्तमान सांसद भोलि सर्वोच्च जाने
अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने
बादोरियो कराते टोली भारत जाँदै
बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु
नागार्जुनमा दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा युवकको मृत्यु
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
प्रतिनिधिसभा निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
प्रतिक्रिया