दार्चुला घटनाबारे छानविन गरी दोषीलाई कारबाही गर्न माओवादी केन्द्रका भातृ संगठनको माग

काठमाडौं । दार्चुलामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको फलामे तार काटिदिएपछि ३० वर्षीय युवा जयसिंह धामीको मृत्यु भएको छ । उक्त घटनाप्रति नेकपा (माओवदी केन्द्र)का विभिन्न भातृ संगठनहरूले घटनाबारे निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् ।
भातृ संगठनहरू योङ्ग कम्युनिस्ट लिग नेपाल (वाइसिएल), देशभक्त जनगणतान्त्रीक मोर्चा र नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनले उक्त घटनाबारे छानबिनको माग गरेको हो ।
ब्यास गाउँपालिका–२ निवासी ३० वर्षीय युवा जयसिंह धामीको महाकाली नदीमा डुबेर मृत्यु भएको घटनाप्रति ध्यानाकर्षण गराउँदै योङ्ग कम्युनिस्ट लिग नेपाल (वाइसिएल), देशभक्त जनगणतान्त्रिक मोर्चा र नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनले उक्त घटनाबारे निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाहीमा ल्याउन सुझाएका छन् ।
घटनाबारे सरकारलाई ध्यानाकार्षण गराउँदै योङ्ग कम्युनिस्ट लिग नेपाल (वाइसिएल), देशभक्त जनगणतान्त्रिक मोर्चा र नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनले आ-आफ्नै विज्ञप्तिमार्फत छानबिनसहित दोषीलाई कारबाहीको माग गरेको छ ।
















Schools shut down in Saptari citing cold wave
PM extends greetings of Tamu Lhosar, Maipru Naku
शंकर पोखरेलको प्रश्न : गैरदलीय सरकारका मन्त्री पार्टी उपसभापति बन्नु कति उचित हो ?
प्रधानमन्त्रीद्वारा तमु ल्होसार तथा म्हैप्रु नकुमा पर्वको शुभकामना
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
प्रतिक्रिया