बेसरम व्यक्तिले आफ्नो पार्टीलाई सरकारबाट सडकमा ल्याए : केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही बेसरम व्यक्तिहरूका कारण आफ्नो नेतृत्वको सफल सरकार सडकमा आएको बताएका छन् । २४ औँ तुल्सीलाल स्मृति दिवसको अवसरमा बोल्दै उनले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालप्रति लक्षित गर्दै यस्तो बताएका हुन् ।
‘केही व्यक्तिहरूले पदीय मर्यादा र गैर जिम्मेवारी काम गरे, देश, जनता र विकासप्रति कुनै मतलब गरेनन्, त्यति गरेर पुगेन– एमालेको सरकार ढाल्न खुलेआम लागे,’ अध्यक्ष ओलीले भने, ‘बेसरम–लाज पचाएर, दक्षिणपन्थी सरकार बनाउन कहिले राष्ट्रपति कहाँ हस्ताक्षर बोकेर गए, कहिले अदालतमा एमालेको सरकार ढाल्नै पर्छ दक्षिणपन्थी सरकार बन्नै पर्छ भनेर लागे ।’
अध्यक्ष ओलीले केन्द्रमा मात्र नभई प्रदेशमा समेत आफूहरूविरुद्ध आफ्नै पार्टीका नेताहरू उत्रिएको बताए । ‘पार्टी, देश र जनताप्रति किञ्चित जिम्मेवारी छैन, प्रतिगमनको पछि लागेर हिँडेको छ,’ उनले भने, ‘अब विचारबाट देश निर्माणको काम गर्नु पर्ने छ ।’
उक्त अवसरमा बोल्दै उनले आफ्नो पार्टीलाई सरकारबाट भुँइमा पछारेर पाँच दलको गठबन्धन भन्दै केही व्यक्ति हिँडेको बताए ।
















एनआरएन विश्व सम्मेलनका लागि परराष्ट्र मन्त्रीको अध्यक्षतामा आयोजक समिति गठन
अस्थायी मतदाता विवरण पनि संकलन हुँदै
‘जो कोहीलाई उत्साहित बनाउने फास्ट ट्र्याकको प्रगति’
अब कुनै आमाको काख नरित्तियोस् : प्रधानमन्त्री कार्की
दाङबाट काठमाडौं आउँदै गरेको बस अनियन्त्रित भएर बीच सडकमा पल्टियो
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
बालेन, महेश, हर्क र निकोलसलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
प्रतिक्रिया