महिला हिंसाका घटना बढे

बाँके । जिल्लामा आर्थिक वर्ष २०७७/७८ मा घरेलु हिंसाका घटना बढेका छन् । जिल्ला प्रहरी कार्यालय बालबालिका, महिला, ज्येष्ठ नागरिक केन्द्र महिला सेलकी सूचना अधिकृत रमा शिरिषले दिएको जानकारी अनुसार कूल ६६२ घटना दर्ता भएका र उजुरीमध्ये ५९ घटना सम्बन्धित निकाय (अदालत)मा न्यायका लागि लडिरहेका छन् । हाल १९१ घटनाबारे महिला सेलमा अनुसन्धान प्रक्रिया चलिरहेको छ ।
विसं २०७७ को भदौमा घरेलु हिंसाका सबैभन्दा बढी घटना दर्ता भएका छन् । भदौमा मात्र ८२ ठाडो उजुरी दर्ता भएका थिए । सबैभन्दा कम भने गत वैशाखमा उजुरी दर्ता भएका छन् । वैशाखमा ३२ मात्र उजुरी दर्ता भएका छन् । त्यस्तै कूल उजुरीमध्ये २४ निवेदक सम्पर्कमै नरहेको तथ्याङ्क छ ।
हाल विभिन्न बहानामा महिलामाथि हिंसा दिनप्रतिदिन भइरहेका छन् । महिला सेलका अनुसार आव २०७७/७८ को तथ्याङ्कअनुसार जिल्लामा हालसम्म दर्ता भएका उजुरीमध्ये ३८८ घटनाउपर मिलापत्र भइसकेको छ । रासस
















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
प्रतिक्रिया