महिला हिंसाका घटना बढे

बाँके । जिल्लामा आर्थिक वर्ष २०७७/७८ मा घरेलु हिंसाका घटना बढेका छन् । जिल्ला प्रहरी कार्यालय बालबालिका, महिला, ज्येष्ठ नागरिक केन्द्र महिला सेलकी सूचना अधिकृत रमा शिरिषले दिएको जानकारी अनुसार कूल ६६२ घटना दर्ता भएका र उजुरीमध्ये ५९ घटना सम्बन्धित निकाय (अदालत)मा न्यायका लागि लडिरहेका छन् । हाल १९१ घटनाबारे महिला सेलमा अनुसन्धान प्रक्रिया चलिरहेको छ ।
विसं २०७७ को भदौमा घरेलु हिंसाका सबैभन्दा बढी घटना दर्ता भएका छन् । भदौमा मात्र ८२ ठाडो उजुरी दर्ता भएका थिए । सबैभन्दा कम भने गत वैशाखमा उजुरी दर्ता भएका छन् । वैशाखमा ३२ मात्र उजुरी दर्ता भएका छन् । त्यस्तै कूल उजुरीमध्ये २४ निवेदक सम्पर्कमै नरहेको तथ्याङ्क छ ।
हाल विभिन्न बहानामा महिलामाथि हिंसा दिनप्रतिदिन भइरहेका छन् । महिला सेलका अनुसार आव २०७७/७८ को तथ्याङ्कअनुसार जिल्लामा हालसम्म दर्ता भएका उजुरीमध्ये ३८८ घटनाउपर मिलापत्र भइसकेको छ । रासस











काठमाडौंका यी स्थानमा काटिदैछ शनिबार बिजुली
आलितालमा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु
आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु
आज कुन विदेशि मुद्राकाे विनिमयदर कति ?
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
प्रतिक्रिया