रौतहटमा विव्यस अध्यक्ष चुयनको विषयमा झडपः ९ घाईते, २ प्रहरी नियन्त्रणमा
काठमाडौं । रौतहटको माधव नारायण नगरपालिका ४स्थित श्री माध्यमिक विद्यालय व्यवस्थापन समिति (विव्यस)को अध्यक्ष चयनको विषयमा विवाद हुँदा दुई पक्षबीच झडप भएको छ । झडपमा परेर दुवैतर्फका नौ जना घाइते भएका छन् ।
मुख्य झगडियाको आरोपमा प्रहरीले दुवै पक्षका रामकलेवर मुखिया र दिलिप भण्डारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) ले मेरोन्युजलाई जानकारी दिए ।
‘हाल श्री माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्ष पद रिक्त छ । नयाँ अध्यक्ष चयनको प्रक्रिया सुरु हुने तयारीको क्रममा विवाद भएपछि झडप भएको हो ।’ एसपीले भने ।
सामाजिक सन्जालमा पोष्ट गरिएको एक भिडियोमा मानिसहरुले एकअर्कालाई बाँसका भाटा प्रहार गरेको देखिन्छ । विद्यालय परिसरमा भएको यो घटना आइतबार दिउँसोको हो ।
पक्राउ परेका २ जना विरुद्ध कारवाहीको प्रक्रिया अगाडी बढाएको प्रहरीले जनाएको छ ।
















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
प्रतिक्रिया