महाप्रबन्धकले वायु सेवा निगम निजीकरण गर्न लागेको भन्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

काठमाडौँ । नेपाल वायु सेवा निगममा कार्यरत विभिन्न कर्मचारी संगठनहरूले प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटेर ज्ञापन पत्र बुझाएका छन् । उनीहरूले सरकारी स्वामित्वमा रहेको निगमलाई निजीकरण बनाउन खोजिएको भन्दै रोक्न पहल गर्न प्रधानमन्त्रीलाई भेटेका हुन् ।
यस्तै, कर्मचारी संगठनहरूले निगमका महाप्रबन्धक निर्देशक डिम प्रसाद पौडेलको बर्खास्ती गर्नसमेत माग गरेका छन् । उनीहरूले महाप्रबन्धकको नेतृत्वमा सरकारी स्वामित्वमा रहेको वायु सेवा निगमलाई निजीकरण गर्न खोजिएको भन्दै बर्खास्तीको माग गरेका हुन् ।
विभिन्न ९ वटा कर्मचारी संगठनहरूले निगमलाई निजीकरण गर्ने निर्णय खारेज गर्नु पर्ने, महाप्रबन्धकलाई तत्काल बर्खास्त गर्नु पर्ने, महाप्रबन्धकको ३०० प्रतिशत अस्वभाविक तलब वृद्धि खारेज गर्नु पर्ने र सञ्चालक समितिमा व्यवसायिक स्वार्थ बाझिने संघसंस्थामा आबद्ध व्यक्तिहरूलाई खारेज गर्नु पर्ने माग राखेका छन् ।
‘३३ औँ दिन कर्मचारी आन्दोलनमा तालुकदार मन्त्रालय बेखबर र उदासीन हुनु निगमलाई सरकारी निकायबाट उपेक्षित गरिएको महसुस आम कर्मचारीहरूले गरेका छन्,’ विज्ञप्तिमा भनिएको छ ।




















स्ट्याक्स नेपालले टि-२० विश्वकप क्रिकेटको प्रत्यक्ष प्रसारण गर्ने
कङ्गोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु
मध्यपूर्व तनावबीच अमेरिका-इजरायल-साउदी अरब हतियार सम्झौता
म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट
मतदातासँग प्रत्यक्ष संवादमा उम्मेदवार शंकर पोखरेल
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रतिक्रिया