बिमला वली प्रकरण
लुम्बिनीको मुख्यमन्त्रीमाथी चार दलको गम्भिर आक्षेप : अपराधको बलमा सरकारमा टिक्ने दुस्वप्न नदेख्न चेतावनी

वुटवल । नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका चार दलले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलमाथी गम्भिर आक्षेप लगाएका छन् । प्रदेश सांसद बिमला वलीले एमाले लुम्बिनी प्रदेशका प्रमुख सचेतक भूमिश्वर ढकालले आफुलाई जर्वजसती मुख्यमन्त्रीको निवासमा पुराएको र मुख्यमन्त्री स्वंमले एमालेमा रहन भन्दै जर्वजस्ती निवासमा वन्धक बनाएको, जर्वजस्ती हस्ताक्षर गराएको र मानसिक पीडा दिएको आरोप पत्रकार सम्मेलन गरी लगाएपछि चार दलले मुख्यमन्त्री पोखरेलमाथी गम्भिर प्रश्न उठाएका हुन् ।
नेपाली काग्रेसका लुम्बिनी प्रदेशका प्रमुख सचेतक फखरद्दिन खान, माओवादी केनद्रका प्रमुख सचेतक तुलाराम घर्तीमगर, जसपाका उपनेता सुमन शर्मा रायमाझी र राष्ट्रिय जनमोर्चाका तारा जिसि ले विहिवार संयुक्त वक्तब्य जारी गदै सांसद मिबला वलीलाई मुख्यमन्त्री पोखरेलको निवासमा वन्धक वनाइएको घटनामा प्रत्यक्ष संग्लन्न अपराधीलाई तत्काल कानुनको कठाघरामा उपस्थित गराउन माग गरेका हुन् ।
सांसद बिमला वलीले आफुलाई एमालेमा रहन दवाव दिने उदेश्यले मुख्यमन्त्री शंकर पोखरेलको निवासमा पुराएर बन्धक बनाएको आरोप लगाउँदै विहिवार नै माओवादी संसदयि दलको कार्यालयमा पत्रकार सम्मेलन गरेकी थिइन् ।
त्यसपछि उक्त घटनाको दोषीलाई कानुनी कारवाही गर्न कांग्रेस, माओवादी केन्द्र लगायतका चार दलले घटनाका दोषीलाई कानुनी कठ्घरामा उभ्याउन माग गरेका छन् ।
उनीहरुले अपराधको बलमा सरकारमा टिकिरह्ने दुस्वप्न नदेख्न पनि प्रदेश सरकारलाई चेतावनी दिएका छन् ।
अविश्वास प्रस्तावको सामना नगर्ने, बजेट पेश नै नगर्ने र संसद बहिष्कार गर्ने अन्य पार्टी तोडफोड गर्ने जसता घटना त गरिनै रहेको भन्दै पछिल्लो समय केन्द्रीय संसदमा जस्तै मुख्यमन्त्री स्वंम सांसद अपहरण, धम्की र किनवेचको अपराधिक तरिका अपनाउँदै सांसदलाई शरीर बन्धक अपहरणमा संग्लन्न हुँदै गईरहेको त होइन भनी गम्भिर आशंका पनि ब्यक्त गरेका छन् ।

















यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
राष्ट्रपति पौडेल जापान प्रस्थान: कस्तो छ भ्रमण तालिका ?
आज २०८२ साल माघ १९ गते सोमबारको राशिफल
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया