आगामी ५ महिनामा करिब २ लाख कोरोना संक्रमित थपिने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण

काठमाडौं ।आगामी पाँच महिनाभित्र एक लाख ९३ हजार ८ सय ५६ जना कोभिड संक्रमित थपिने प्रक्षेपण गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति, योजना तथा अनुगमन शाखाले अबको पाँच महिनामा थप एक लाख ९३ हजारमा कोरोना संक्रमण देखिने प्रक्षेपण गरेको छ ।
आज प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा महाशाखा प्रमुख डा. गुणराज लोहनीले गरेको तथ्यांकमा पाँच महिनामा ३८ हजार ७ सय ७१ जनालाई अस्पतालबाट उपचार सेवा आवश्यक पर्नसक्ने बताए ।
संक्रमित हुनेमध्ये ८० प्रतिशत सामान्य, १५ प्रतिशत जटिल, ५ प्रतिशत गम्भीर हुनसक्ने र ९ हजार ६ सय ९३ जनालाई सघन उपचार (आईसीयू) सेवा आवश्यक पर्नसक्ने प्रक्षेपण गरिएको छ ।
महाशाखाको तथ्याकंअनुसार साउनमा ५३ हजार ३०७, भदौमा ४५ हजार ७२६, असोजमा ३८ हजार ५९७, कात्र्तिकमा ३१ हजार ४४ र मंसिरमा २५ हजार १८३ जना नयाँ संक्रमित थपिने जनाएको छ ।















सुनचाँदीको मूल्य घट्यो, आज कारोबारको मूल्य कती ?
छुरा प्रहारबाट घाइते भएका दुई युवकको मृत्यु
भोजपुरका सम्मरबहादुरको हत्यामा संलग्न चारजना पक्राउ
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन, सभापतिमा गणेश पराजुली
प्रतिक्रिया