वर्षाका कारण भाइरल ज्वरोका बिरामी बढे
काठमाडौं । मौसममा आएको परिवर्तनसँगै बैतडीमा भाइरल ज्वरोका बिरामी बढ्दै गएका छन् । सदरमुकाममा रहेको जिल्ला अस्पताल र जिल्लाका अन्य स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामी बढ्दै गएका हुन् ।
जिल्ला अस्पतालमा हाल दैनिक ६० भन्दा बढी बिरामी आउने गरेको अस्पतालका प्रमुख डा वसन्तराज जोशीले जानकारी दिए । उनले भने, “केही दिनयता अस्पतालमा बिरामीको संख्या बढ्दै गएको र उपचारका लागि आउने बिरामीमध्ये अधिकांश भाइरल ज्वरो र रुघाखोकीका छन् ।”
उपचारका लागि आउने बिरामीमध्ये धेरैजसो ज्वरो र रुघाखोकी आउने श्रीकोट स्वास्थ्य चौकीका प्रमुख वीरसिंह भाटले बताए । उनले भने, “स्वास्थ्य चौकीमा आउने बिरामीमध्ये धेरै ज्वरो र रुघाखोकी आएका छन् ।” मौसममा आएको परिवर्तन र निषेधाज्ञा खुकुलो भएसँगै ज्वरोका बिरामी बढेका डा जोशीको भनाइ छ । “निषेधाज्ञा खुकुलो भएको छ, बजार क्षेत्रमा भीडभाड बढ्यो, मास्क लगाउनेको सङख्यामा कमी आएको छ, यसले पनि ज्वरोका बिरामी बढेका हुन्”, उनले भने, “मौसम परिवर्तन भएको छ, निरन्तर वर्षा भइरहेको छ, दुषित पानीको प्रयोगले पनि यो समस्या आएको हो ।”
वर्षातको समयमा पानीका मुहान दुषित हुने भएकाले पानी शुद्धिकरण गरेर मात्रै प्रयोग गर्न तथा पानी उमालेर पिउन डा जोशीको आग्रह रहेको छ । साथै निषेधाज्ञा खुकुलो भएसँगै भीडभाड बढेको, मास्क र अन्य स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न पनि आग्रह गरिएको छ । यस्तै व्यक्तिगत र वातावरणीय सरसफाइमा पनि विशेष ध्यान दिन स्वास्थ्यकर्मीले सुझाएका छन् ।










वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया