एमालेको स्थायी र केन्द्रीय कमिटी बैठक आज एकै दिन
विधान अधिवेशन, वडा गाउँ अधिवेशन र आन्तरिक विवादका विषयमा छलफल हुँदै

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी र केन्द्रीय कमिटीका बैठक आज एकै दिन बोलाएको छ । अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बिहान ११ बजे बोलाएका छन् ।
स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने एजेण्डा तय गर्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
स्थायी कमिटी बैठक सकिएपछि दिउँसो ३ बजे केन्द्रीय कमिटी बैठक बस्दैछ । दुवै बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बस्नेछ ।
केन्द्रीय कमिटी बैठकमा आसन्न विधान अधिवेशन, वडा गाउँ अधिवेशन र पार्टी भित्रको आन्तरिक विषयमा छलफल हुने नेता विशाल भट्टराईले जानकारी दिए । एमालेले विधान अधिवेशन भदौ अन्तिम साता गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।
अध्यक्ष ओलीले बोलाएका बैठक वरिष्ठ नेता माधवकुमार नेपाल समूहले भने बहिस्कार गर्दै आएको छ ।
सो समूहको गत शुक्रबार सकिएको केन्द्रीय कमिटी बैठकले १० बुँदे सहमतिको आधारमा पार्टी एकता सार्थक निष्कर्षमा पुर्याउनुपर्ने निर्णय गरेको छ । तर सहमति नजुटेसम्म ओलीले बोलाएको बैठकमा नजाने यो समूहका नेताहरुले अडान लिदै आएका छन् ।
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
महिला–टी २० विश्वकप छनोट : स्कटल्यान्डमाथि बंगलादेशको फराकिलो जित
प्रतिक्रिया