शनिबार, फागुन २, २०८२

तत्काल महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गर्नु भन्दै देउवालाई ध्यानाकर्षणपत्र (पत्रसहित)

मेरोन्यूज २०७८ साउन २८ गते १६:२७

काठमाडौं । सबल कांग्रेस निर्माणका लागि हाम्रो अभियान नामक समूहमा आबद्ध नेता–कार्यकर्ताले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षणपत्र बुझाएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

बिहीबार उनीहरूले बूढानीलकण्ठस्थित देउवाको निजी निवास भेटेर ध्यानाकर्षणपत्र बुझाएका हुन् । उनीहरुले क्रियाशील सदस्यताको विवाद समाधान गरेर तत्काल महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गर्नु पर्नेलगायत माग गरेका छन् ।

नेविसंघका पूर्वअध्यक्ष रञ्जीत कर्ण, वाग्मती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठ, काठमाडौं कांग्रेसका नेताहरू राजेश अधिकारी, श्रीराम लामिछाने, नेविसंघका महामन्त्री उर्मीला थपलियालगायत केही समय देउवा निवास अगाडी करिब २०० जनाले प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया